जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाब हुनु भन्दा एकदिन पूर्व कसको पक्षमा जनमत जाने अडकल चलिरहेको बेला एक पूर्व अध्यक्षले सक्षम उम्मेदवारको खाजीमा आफू रहेको बताएका छन् । रामनरेश प्रसाद साह व्यापारसंघको नेतृत्व गरिसकेका छन् । उहाँले व्यापारीको हितमा काम गर्ने र यहाँको व्यापार उठाउने नेतृत्वको खोजीमा आफू रहेको बताउनुभयो ।
जनकपुरधामको सयो व्यापारीको महिनोसम्म बोहनी हुँदैन कसरी बाँची रहेकाछन् यो पीड़ा बुझने नेतृत्व केही वर्षदेखि आफूले नभेटाएको समेत आरोप लगाउनु भयो ।
एउटा अर्को प्रसंगमा पूर्व अध्यक्ष साहले कोमा गु्रप अझै सशक्त भएको दाबी गर्नुभयो । कोमा गु्रप भनेको के हो यसमा कस्ता व्यक्ति छन् उहाँले सम्पूर्ण कुरोको जानकारी दिनुभयो । व्यापार संघको चुनाब र अन्य विषयमा खुलेर बोल्नु भएको रामनरेशसँगको सम्पूर्ण अन्तरवार्ता तलको लिंकमा देख्न सकिन्छ ।