जनकपुरधाम
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले स्थानीय निकायको चुनाब लड्ने घोषणा गर्नुभएको छ । मोडेल खबरको पोडकास्ट चैनलसँग कुराकानी गर्दै महासेठले अबको लक्ष्य जनकपुरधामको मेयरको चुनाब तिर रहेको बताउनुभएको छ ।
जउवा संघको चुनाब चलिरहेको बेला महासेठले अब के गर्ने चारैतिर उत्सुकता रहेको बेला उहाँको धारणा आएको छ । जनकपुरधामलाई बनाउनुपर्छ यसका लागि युवा नेतृत्वको खाँचो रहेको आफूले महसुस गरेको समेत उहाँले बताउनुभयो ।
जउवा संघका अध्यक्ष जीतेन्द्र महासेठले बृहत कुराकानी गर्नुभयो । उहाँको सम्पूर्ण विचार र कुराकानी शुक्रवार https://www.youtube.com/@ModelKhabar मा हेर्न सकिन्छ ।