Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

१०० गाउँपालिकामा एकै पटक प्रमुख प्रशासकिय अधिकृतहरुको पदस्थापन





काठमाडौं ।
सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।
१२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।
भदौ १३मा एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरुको स्वास्थ्य समस्यका कारण पदस्थापनको निर्णय भएको छैन ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि भदौ १३मा दीक्षान्त समारोह गरेको थियो ।
उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले स्थानीय तहहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलाउने अवस्था अन्त्य गर्ने बताउँदै आएका छन् । रिक्त स्थानमा प्रमुख प्रशासकीय अधिकृत खटाउँदा गाउँपालिकाहरुमा सेवा प्रवाह र सुशासनको अवस्था सुध्रने मन्त्रालयको अपेक्षा छ ।
मन्त्रालयले हालै ५२ वटा जिल्ला समन्वय समितिमा इन्जिनियरहरुको पनि पदस्थापन गरेको छ । संविधान र कानुनले जिल्ला समन्वय समितिहरुलाई अनुगमनको अधिकार दिएपनि इन्जिनियरहरु नहुँदा समस्या भोग्दै आएका थिए ।
लोकसेवा आयोगबाट भर्ना भएका ५५ नयाँ इन्जिनियरमध्ये ५२ जनालाई मन्त्रालयले जिल्ला समन्वय समितिहरुमा खटाएको हो ।