Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

डीएफओ सरुवामा मुख्यमन्त्रीले पैसा खाएको एक प्रदेशसभा सदस्यको आरोप





जनकपुरधाम ।
डिएफओ सरुवामा मुख्यमन्त्री सतिशकुमार सिंहले पैसा खाएको मधेसको प्रदेशसभामा आरोप लगाइएको छ । मधेस प्रदेशसभाको बिहिबार बसेको बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य ललिता दासले वन कार्यालय लहानका डिएफओ सुजित झाको सरुवामा मुख्यमन्त्री सिंहले पैसा खाएको आरोप लगाएकी हुन् ।
उत्कृष्ट काम गरेका डिएफओ झाको मुख्यमन्त्रीले पैसा खाएर अचानक सरुवा गरेको आरोप लगाइन् । उनले भनिन्, ‘अधिकृत झा अबैध बालुवा गिट्टी उत्खनन रोक्ने र वनको अतिक्रमित जग्गा फिर्ता ल्याउने काम गर्नुभयो । तर उहाँको अचानक सरुवा भयो । जुन खालको चर्चा परिचर्चा भइरहेको छ, मलाई लाग्छ मुख्यमन्त्रीले केहि न केहि रकम लिएर सरुवा गर्नुभयो ।’
प्रदेशसभा सदस्य दासले मुख्यमन्त्रीले मारुती सिमेन्ट उद्योग र अबैध बालुवा गिट्टी उत्खनन गर्ने माफियासँग मुख्यमन्त्रीले पैसा खाएको दावी समेत गरिन् ।