Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

रास्वपाको राष्ट्रिय भेला २ दिन अगाडी सार्यो





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडी सारिएको छ ।
पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडी सारेर राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए । ‘असोजको १ र २ गते गते हामीले राष्ट्रिय भेला गर्ने भएका छौँ । भेन्युका कारण हामीले अगाडी नै सार्नुपरेको हो‚’ उनले भने । केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । उनले महाधिवेशन २०८२ वैशाखमा गर्ने भएपनि मिति भने तोकि नसकिएको जानकारी दिए ।
उनले काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठाको हलमा भेला आयोजना गरिने जानकारी दिए । कार्यवाहक महामन्त्री बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।