Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना





एजेन्सी ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना भएकी छन् । उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनका अनुसार जिया बिरामी भएकाले मेडिकल बोर्डको सल्लाहमा उनलाई बुधबार राति अस्पताल भर्ना गरिएको हो ।
राति केही चेकजाँचपछि बिहान पनि खालिदा जियाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीय पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मृगौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित छन् ।
हालै बंगलादेशमा चलिरहेको सत्ताविरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पद त्याग्दै भारत भागेपछि गठित अन्तरिम सरकारले खालिदा जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो ।
जेलबाट छुटेपछि उनी स्वास्थ्यलाभका लागि अस्पताल भर्ना भएर धेरै दिनपछि डिस्चार्ज भएकी थिइन् । खालिदा जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचार अभियोगमा जेलमा थिइन् ।