Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

इजरायलको आक्रमणमा परी संयुक्त राष्ट्रसंघका ६ कर्मचारीसहित ३४ जनाको मृत्यु





एजेन्सी ।
इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलामा परी संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन् ।
इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा आक्रमण गरेका थिए । आक्रमणबाट शिविर र नजिकको दुई वटा घरमा क्षति पुगेको छ । आक्रमणबाट प्यालेस्टिनी शरणार्थीका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यु.एन.आर.डब्ल्यू.ए.) मा कार्यरत कर्मचारीहरु पनि मारिएका हुन् ।
गत अक्टुबरमा इजरायल र हमासबीच लडाइँ सुरु भएपछि संयुक्त राष्ट्रसंघका सबैभन्दा धेरै कर्मचारीहरु मारिएको यो पहिलो घटना हो । इजरायली सेनाले भने अल जाउनी स्कुल भित्रबाट आक्रमणको योजना बनाउने आतंकवादीहरुमाथि सटिक हमला गरेको जिकीर गरेको छ । उसको दाबी के पनि छ भने आक्रमणबाट सर्वसाधारणको कमभन्दा कम क्षति होस् भनेर पर्याप्त ध्यान राखिएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशले इजरायलको आक्रमणको निन्दा गरेका छन् । शरणार्थीहरु बसेको स्कुलमा गरिएको आक्रमण असह्य भएको भन्दै उनले इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको समेत बताएका छन् । यस्ता आक्रमण रोक्न उनले अनुरोध समेत गरेका छन् ।
राष्ट्रसंघका अनुसार उक्त स्कुल १२ हजारभन्दा बढी शरणार्थीहरुको आश्रय स्थल हो । उक्त स्कुलमा ११ महिनाको बीचमा पाँचपटक आक्रमण भइसकेको छ । तर बुधबारको आक्रमण सबैभन्दा ठूलो हो । त्यही स्कुलमा यसअघिको आक्रमणबाट १४ जनाको मृत्यु भएको थियो ।