Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

‘मधेस आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाकालागि अग्रसर हुनु आवश्यक’





जनकपुरधाम ।
मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षणगर्नका लागि मधेसी जनतालाई अगाडी आउनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । शहीद संजय चौधरी प्रतिष्ठानले आयोजना गरेको स्मृतिसभामा बोल्दै नेताहरुले मधेस आन्दोलनबाट प्राप्त उपलब्धि खोसिने खतरा बढीरहेकाले सोको रक्षाका लागि अगाडी आउनुपर्नेमा जोड दिएका हुन् ।
तमलोपाका बरिष्ठ नेता एवं संविधानसभा सदस्य डा. विजयकुमार सिंहले अहिले देशमा संविधान संशोधनको नाममा मधेस आन्दोलनले संस्थागत गरेको उपलब्धिहरु खोस्ने प्रपञ्च चलिरहेको बताए । उनले भने ‘दुई दल देशमा हावी भई रहेका छन्, प्राप्त उपलब्धिहरु गुम्ने खतरा छ, यसको संरक्षणका लागि अग्रसर हुनु आवश्यक छ ।’
मधेसका पूर्वमन्त्री सुरिता साहले शहीदहरुको भरणपोषणका लागि प्रदेश सरकार थप गम्भिर हुनु आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले शहीद परिवारबाट एकजनालाई रोजगारी दिइएपनि भरण पोषणका लागि थप गम्भिर भएर लाग्नु आवश्यक रहेको बताए ।
शहीद संजय चौधरीको बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजना गरिएको स्मृतिसभामा प्रदेशसभा सदस्यहरु मनिष सुमन, उपेन्द्र महतो, नेपाली कांग्रेसका नेता मनोज चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता रमण पाण्डेय, संजय चौधरी लगायतको उपस्थिति रहेको थियो ।
२०७२ सालमा मधेस आन्दोलनको क्रममा आयोजना गरिएको चलु जनकपुर भरु जनकपुर आन्दोलनको कार्यक्रममा सहभागी हुन पुगेका संजय चौधरी, नितु यादव र दिलीप यादवको प्रहरीको गोली लागी २०७२ साल भदौ २५ गते मृत्यु भएको थियो ।