Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

‘मधेस आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाकालागि अग्रसर हुनु आवश्यक’





जनकपुरधाम ।
मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षणगर्नका लागि मधेसी जनतालाई अगाडी आउनुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । शहीद संजय चौधरी प्रतिष्ठानले आयोजना गरेको स्मृतिसभामा बोल्दै नेताहरुले मधेस आन्दोलनबाट प्राप्त उपलब्धि खोसिने खतरा बढीरहेकाले सोको रक्षाका लागि अगाडी आउनुपर्नेमा जोड दिएका हुन् ।
तमलोपाका बरिष्ठ नेता एवं संविधानसभा सदस्य डा. विजयकुमार सिंहले अहिले देशमा संविधान संशोधनको नाममा मधेस आन्दोलनले संस्थागत गरेको उपलब्धिहरु खोस्ने प्रपञ्च चलिरहेको बताए । उनले भने ‘दुई दल देशमा हावी भई रहेका छन्, प्राप्त उपलब्धिहरु गुम्ने खतरा छ, यसको संरक्षणका लागि अग्रसर हुनु आवश्यक छ ।’
मधेसका पूर्वमन्त्री सुरिता साहले शहीदहरुको भरणपोषणका लागि प्रदेश सरकार थप गम्भिर हुनु आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले शहीद परिवारबाट एकजनालाई रोजगारी दिइएपनि भरण पोषणका लागि थप गम्भिर भएर लाग्नु आवश्यक रहेको बताए ।
शहीद संजय चौधरीको बहिनी ममता चौधरीको अध्यक्षतामा आयोजना गरिएको स्मृतिसभामा प्रदेशसभा सदस्यहरु मनिष सुमन, उपेन्द्र महतो, नेपाली कांग्रेसका नेता मनोज चौधरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता रमण पाण्डेय, संजय चौधरी लगायतको उपस्थिति रहेको थियो ।
२०७२ सालमा मधेस आन्दोलनको क्रममा आयोजना गरिएको चलु जनकपुर भरु जनकपुर आन्दोलनको कार्यक्रममा सहभागी हुन पुगेका संजय चौधरी, नितु यादव र दिलीप यादवको प्रहरीको गोली लागी २०७२ साल भदौ २५ गते मृत्यु भएको थियो ।