Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

स्वच्छता अभियानीहरुको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम





जनकपुरधाम ।
स्वच्छता अभियानीहरुले रक्तदान कार्यक्रमको आयोजना गरी जन्मदिन मनाएका छन् । स्वच्छता अभियानीहरु बजरंग यादव र कृष्णचन्द्र साहले जनकपुरधामको जनक चोकमा रक्तदान कार्यक्रमको आयोजना गरी जन्मदिन मनाएका हुन् ।
स्वच्छता अभियानी कृष्णचन्द्र साहको संयोजन र जनता समाजवादी पार्टी नेपालका नेता प्रदेशसभा सदस्य रामअशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा शिक्षक, चिकित्सक ,व्यवसायी र अभियानी लगायत २८ जनाले रक्तदान गरेका थिए । रक्तदान जीवन दान मुल उद्देश्यका स्वच्छता अभियानीहरुको जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी धनुषाको प्राविधिक सहयोगमा निरन्तर रक्तदान कार्यक्रम हँुदै आएको छ ।
सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष नरेशप्रसाद सिंह , सेभ हिस्टोरिकल जनकपुरधामका कोषाध्यक्ष रविकुमार गोयन्का, नेपाल बिधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह, हेल्दी स्कुल कार्यक्रमका संयोजक डा. निरन्जन गोईत, जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साह लगायतको समेत उपस्थिति रहेको थियो ।