Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्रीले मन्त्रीहरुसंग सम्झौता गर्ने





काठमाडौँ ।
मन्त्रीमण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्ययोजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले झन्डै दुई महिनापछि कार्यसम्पादन सम्झौता गर्ने भएका छन् । त्यसका लागि आज प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका छन् ।
कार्यसम्पादन सम्झौता गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएको एक मन्त्रीले जानकारी दिए । त्यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ । तर सरकार र मन्त्रीहरूले जनसरोकारका विषयमा देखिने गरी काम गर्न नसकेको नागरिकको गुनासो कम हुन सकेको छैन । मन्त्रीहरूले कार्ययोजना पेश गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।