Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनमतका अध्यक्ष सिके राउतले दर्ता गराए श्रीमतिसंग सम्बन्ध बिच्छेद मुद्दा





काठमाडौँ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।
श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदकालागि ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि मुद्दा हालेका हुन् । राउतकी श्रीमती सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण पनि खुलाएका छन् ।
श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख गर्दै राउतले मुद्दा हालेको अदालतका एक अधिकारीले बताए । प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले मुद्दामा ’अंश सम्बन्ध विच्छेद’ शीर्षक उल्लेख गरेका छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुन्छ ।
‘उहाँले श्रीमतीसँग अंश सम्बन्ध विच्छेद गराउन मुद्दा दायर गर्नुभएको छ,’ जिल्ला अदालतका एक अधिकारीले भने, ‘श्रीमती सोनी सिन्धु रानीका व्यवहारले टर्चर भएको कुरा उल्लेख गर्नुभएको छ ।’
आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, पटक–पटक सँगै नबस्ने भन्दै माइत गइरहने, घरपरिवार र बच्चाको रेखदेख नगरेकाले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा बताएका छन् ।