Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

संस्कृत विश्वविद्यालयमा ३ महिनादेखि तालाबन्दी

ताला खोल्न उपकुलपतिको आग्रह





काठमाडौँ ।
नेपाल संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि लगाइएको ताला खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा आह्वान गरेका छन् । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले बुधबार सरोकारवाला निकायलाई आग्रह गर्दै लिखित आह्वान गरेका हुन् ।
विश्वविद्यालयको बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्णरूपमा प्रभावित भएको भन्दै उनले विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरू, स्ववियु लगायत सरोकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गरेका हुन् ।
विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका छन् । विश्वविद्यालयका तर्फबाट जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माको संयोजकत्वमा गठित वार्ता समितिसँग संवाद गरी शीघ्र निकास निकाल्न र अवरोधको अन्त्य गर्न उनले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
तालाबन्दीका कारण असार २०मा मन्त्रिपरिषद्बाट विश्वविद्यालयको सयौं बिघा जग्गाको व्यवस्थापन गर्न गठित समितिले काम गर्न नपाएको उनले बताएका छन् । ‘समितिले पाएको जिम्मेवारी सकिन थोरै मात्र समय बाँकी छ । जग्गासम्बन्धी विश्वविद्यालयका अभिलेख अध्ययन गर्न मिलेको छैन,’ उनले भने, ‘बन्दका कारण सरकारले नै महत्व दिएको जग्गा व्यवस्थापनको जरुरी काम अलपत्र परेको छ ।’
विद्यार्थीका शैक्षिक मागहरूप्रति विश्वविद्यालय संवेदनशील रहेको खतिवडाले बताए । विश्वविद्यालयको आर्थिक क्षमताअनुसार माग पूरा गर्न प्रतिबद्ध रहेको उनले जानकारी दिए ।
विश्वविद्यालयको एकमात्र आयुर्वेद विद्यापीठमा १२ वर्षदेखि सञ्चालन भइरहेको आयुर्वेद स्नातक बीएएमएस तहको शिक्षण, परीक्षा, मूल्यांकन र प्रायोगिक पक्षमा भइरहेका समस्या समाधानका लागि विद्यार्थी, आयुर्वेद अध्ययन संस्थान र विद्यापीठसँग विमर्श गरी सकारात्मक पहलका साथ अघि बढ्न विश्वविद्यालय प्रतिबद्ध रहेको उनले बताएका छन् ।