Breaking 
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह





काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गरेर यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको कार्यालयले जनाएको छ ।
‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको’, कार्यालयले सूचनामा भनेको छ ।
खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले अपिल गरेको छ ।