Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

३४ हजार बालबालिकालाई पोषणयुक्त बनाउने गरी मधेसका ५ जिल्लामा अभियान चलाइने





जनकपुरधाम ।
मधेसमा बालबालिकाहरुमा कुपोषणको अवस्था डरलाग्दो रहेको समयमा पोषणमुक्त प्रदेश बनाउने अभिप्रायले शुरु गरिएको अभियान अन्तर्गत बालबालिकाको सर्वांगिन विकासका लागि काम गर्ने भएको छ । ३ वर्षलाई लक्षित गरेर थालिएको कुपोषणविरुद्धको ’इनफ’ अभियानले बालबालिकालाई पोषिलो खानेकुरामा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ।
मधेसको ५ जिल्लाका ३४ हजार बालबालिकाको सर्वांगिन विकासका लागि काम गर्ने हाम्रो लक्ष्य रहेको अभियानको फिल्ड अपरेशन म्यानेजर विनय अमात्यले बताए । उनले पोषणलाई केन्द्रमा राखेर बालबालिकाको सर्वांगिन विकासका लागि काम गर्ने स्पष्ट गरे । उनले भने ‘बालबालिका पोषणयुक्त भए शारिरिक तथा मानसिक विकास हुनुका साथै शैक्षिक स्तर पनि बढ्ने छ ।’ अमात्यले बालबालिका पोषणयुक्त खाना नपाए उसको भविष्य पनि कुपोषित हुने तर्फ सचेत हुनु आवश्यक रहेको बताए ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारी र एकिकृत ग्रामिण विकास समाज महोत्तरी, राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र सर्लाही, ग्रामिण विकास केन्द्र रौतहटद्वारा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत संचारकर्मीहरुसंग गरिएको अन्तरकृया कार्यक्रममा अभियानका निति तथा संचार विज्ञ प्रमिल अधिकारीले मधेशमा जन्मिने धेरैजसो बालबालिकाको तौल जन्मिँदै कम हुन्छ । शारीरिक अवस्था कमजोर देखिन्छ,’ उनले भने‘त्यो भन्दा डरलाग्दो के छ भने आमाको स्वास्थ्य अवस्था पनि कमजोर नै देखिन्छ । खानेकुरा मधेशमा पर्याप्त रहे पनि हाम्रो फूड ह्याविट सच्याउने बेला भएको छ ।’
उनले कुपोषित बालबालिकाका लागि पोषणयुक्त खानेकुराका लागि प्रदेश सरकारले अभियान नै सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा दुई दर्जनभन्दा बढी संचारकर्मीहरुको सहभागिता रहेको थियो ।