Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसको डीआइजीमा लालमणि आचार्य





जनकपुरधाम ।
गृह मन्त्रालयले मधेश प्रदेश प्रहरी प्रमुख फेरेको छ । डीआईजी लालमणि आचार्यलाई मधेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
हालका प्रमुख यज्ञविनोद पौडेलमाथि आन्तरिक छानबिन चलिरहेका बेला उनको सरुवा भएको हो । उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ ।
शंकास्पद आर्थिक कारोबार देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले पोखरेलमाथी छानबिन गरिरहेको छ । उनी एक वर्षे कार्यकाल पुरा नहुँदै तानिएका हुन् । सामान्यतया इन्र्चाजको कार्यकाल एक वर्ष हुन्छ ।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा भएको हो ।
यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुर शिक्षालयमा भने प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख डीआईजीपी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।