Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माओवादीको सातै प्रदेशको परमार्श बैठक सम्पन्न

प्रचण्डकै नेतृत्वमा एकताबद्ध भएर अगाडी बढ्ने निश्कर्ष





काठमाडौं ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक सम्पन्न भएको छ । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि सकिएको हो ।
बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोख्रेल, हरिबोल गजुरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले सम्बोधन गरेका थिए । बैठकमा मंगलबार ४६ जना र बुधबार थप दुई जना गरी ४८ जना सहभागीले बोले ।
बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको थियो । पार्टी केन्द्रीय समितिको बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।
माओवादी केन्द्रले मधेश प्रदेशसँगै भूगोलका सातवटै प्रदेशको बैठक सम्पन्न गरेको छ । यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।
अब सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समिति बैठकपछि संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तय गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
अहिले पार्टीभित्र देखिएका सबै समस्या समाधान गरेर अध्यक्ष प्रचण्डकै नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा नेता कार्यकर्ताको जोड रहेको सुनाए । यो परामर्श बैठकपछि प्रचण्डले केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ । परामर्श समितिको बैठकमा आएका सुझावलाई समेटेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनेगरी दस्तावेज लेख्ने प्रचण्डले तयारी गरेको छ ।
परामर्श समितिको बैठकअघि बसेको स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणको सुझावसहित फरक दस्तावेज बैठकमा राखेका थिए । त्यसले माओवादी वृत्तमा ठूला तरंग ल्यायो । यद्यपी, प्रचण्डले शर्माको प्रस्तावको बिषयलाई पनि आफ्नो दस्तावेजमा समावेश गर्ने आश्वासनपछि अहिले माओवादीभित्रको विवाद अस्थायी बिराम लागेको छ ।
परामर्श समितिको बैठकपछि सातै प्रदेशका वस्तुगत तथा आत्मगत परिस्थिति र नेता कार्यकर्ताको भावना बुझी आसन्न केन्द्रीय कमिटी बैठकबाट आगागी नीति तथा कार्यक्रम निर्माणमा गर्नुपर्ने केन्द्रीय सदस्य युवराज दुलालले बताए । अभियानको रुपमा अगाडि बढाएका बैठकहरुबाट प्रचण्डको नेतृत्वमा एकताबद्ध भएरै अगाडि बढ्ने सन्देश दिएको उनले बताए ।