Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

ट्रम्पको टिप्पणी– ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना





एजेन्सी ।
बुधबार करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको चर्को आलोचना गरेका छन् ।
’द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’को समापनमा ह्यारिसले अमेरिकाको भविष्यबारे आफू र ट्रम्पको धारणा पूर्ण भिन्न रहेको बताइन् । ह्यारिसले भनिन्– मेरो ध्यान भविष्यमा छ भने ट्रम्प विगतमा अड्किएका छन् ।
उता ट्रम्पले ह्यारिसको नीतिको कुनै अर्थ नभएको भन्दै उनले विगत चार वर्षमा (उपराष्ट्रपति भएर) केही हासिल गर्न नसकेको टिप्पणी गरे । ट्रम्पले भने– हाम्रो देश विनाशको बाटोमा छ, सारा संसार हामीलाई हेरेर हाँसिरहेको छ ।
उनले थपे– ह्यारिसले नोभेम्बरमा चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ । बीबीसीका अनुसार बहसमा ह्यारिस हावी भइन् । बहस बढ्दै जाँदा ह्यारिसले ट्रम्पलाई रक्षात्मक अवस्थामा जान बाध्य पारिन् । ट्रम्प ह्यारिसको आलोचना खेप्न र आरोपको जवाफ दिन बाध्य भए। ह्यारिसले ट्रम्पलाई ’कमजोर’ भनिन् ।
ह्यारिसले भनिन्– विदेशी नेताहरू उनलाई देखेर हाँस्छन्। ट्रम्पको ¥यालीमा मानिसहरू दिक्क लागेर बीचमै हिँड्छन् ।
अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । जसमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस र रिपब्लिकनबाट डोनाल्ड ट्रम्प उम्मेदवार छन् ।