Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

मधेसमा ३जनाभन्दा बढीले दैनिक गर्छन आत्महत्या !





जनकपुरधाम ।
विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार विश्व आत्महत्या रोकथाम दिवस नेपालमा मनाइएको छ । आत्महत्या रोकथामका लागि प्रत्येक वर्ष यो दिवस मनाइएपिन मधेस प्रदेशमा आत्महत्याको घटनामा भने कुनै कमी आएको छैन ।
चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि भदौ २४ गतेसम्ममा १६० जनाले आत्महत्या गरेका छन् । यसमा ४१ जना बालबालिका रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांक अनुसार ४९ जना पुरुष र ७० जना महिलाले चालु आर्थिक वर्षमा आत्महत्या गरेका हुन् ।
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ले समेत पछिल्लो समय आत्महत्याको घटनामा वृद्धि भएको उल्लेख गरेको छ । प्रतिवेदनको अनुसार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनको तथ्यांकलाई हेर्ने हो भने नेपालमा प्रत्येक वर्ष कुल जनसंख्याको ०.०१ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । जसमा आत्महत्याको मामिलामा चौथो स्थानमा रहेको छ । सबैभन्दा बढी कोशी प्रदेशमा आत्महत्या गर्ने गर्छन् । त्यसपछि लुम्बिनी प्रदेश र बाग्मती प्रदेश रहेको छ ।
गत आव २०८०/०८१ मा १ हजार २ सय ९० जनाले आत्महत्या गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत आवमा २ सय ७० जना बालबालिकाले आत्महत्या गरेको जनाइएको छ । त्यस्तै ५सय ४० जना पुरुष र ४सय ८० जना महिलाले आत्महत्या गरेका हुन् । आव २०७९/०८० मा १ हजार १ सय ३६ जनाले आत्महत्या गरेका थिए । जसमा २ सय ५० जना बालबालिका, ४सय ६४ जना पुरुष र ४सय १२ जना महिला थिए । आव २०७८/०७९ मा १ हजार १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । मधेस प्रदेश प्रहरीको तथ्यांक अनुसार यो आवमा २ सय ९२ जना बालबालिका,४सय ४८ जना पुरुष र २सय ७८ जना महिलाले आत्महत्या गरेका थिए ।
आव २०७७/०७८ मा भने २ सय ३४ जना बालबालिका, ३सय ८३ जना पुरुष र ३सय ४२ जना महिला गरी ९ सय ५९ जनाले आत्महत्या गरेका थिए । आव २०७६/०७७ मा १ सय ७३ जना बालबालिका, ३४५ जना पुरुष र २सय ९५ जना महिला गरी ८सय १३ जनाले आत्महत्या गरेका थिए । आव २०७५/०७६ मा भने १ सय ६९ जना बालबालिका, २सय ९४ जना पुरुष र २सय ६१ जना महिला गरी ७सय २३ जनाले आत्महत्या गरेका थिए ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार आव २०७५/०७६ देखि २०८०/०८१ सम्ममा ५ हजार ९३९ जनाले प्रदेशभरीमा आत्महत्या गरेका छन् । प्रहरीका तथ्यांक अनुसार आत्महत्या गर्नेमा बालबालिका र युवायुवती बढी रहेका छन् ।
मानसिक स्वास्थ्य समस्या, पारिवारिक र सम्बन्धमा समस्या, मादक पदार्थ र लागूऔषध दुव्र्यसन, सामाजिक सञ्जाल र साथीहरुको दवाब, व्यवहारमा आउने परिवर्तन, बेरोजगारी लगायतका कारण आत्महत्याको घटनामा वृद्धि भएको हो ।