Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

खुर्पाले हानेर श्रीमतिको हत्या





जनकपुरधाम ।
बाराको निजगढमा एक व्यक्तिले खुर्पा प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन् । निजगढ नगरपालिका वडा नम्बर ९ भमरा टोलका ४२ वर्षीय विमल बस्नेतले श्रीमति ३८ वर्षीया लक्ष्मी राईको मंलबार राति हत्या गरेका हुन् ।
बस्नेतले शौच गर्न बसेकी राईको घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । आमालाई बचाउन गएका दुई छोरी समेत घाईते भएका छन् । बस्नेतको खुर्पा प्रहारबाट उनकी छोरीहरु १७ वर्षीया गंगा राई र जमुना राईको हातमा चोट लागेको छ । उनीहरुको वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा उपचार भईरहेको छ ।
श्रीमान् र श्रीमतीबीचको घरायसी विवादका क्रममा मदिरापान गरेका बस्नेतले रिसको झोंकमा राई माथि खुर्पा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक कुशवाहाले बताए ।
बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको तथा राईको शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।
मृतक राईले दुई छोरी सहित ७ वर्ष पहिले बस्नेतसँग दोश्रो विवाह गरेकी थिईन् । यसकै कारण अहिले आएर विवाद भएको हुन सक्ने प्रहरीको आशंका छ ।