Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

खुर्पाले हानेर श्रीमतिको हत्या





जनकपुरधाम ।
बाराको निजगढमा एक व्यक्तिले खुर्पा प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन् । निजगढ नगरपालिका वडा नम्बर ९ भमरा टोलका ४२ वर्षीय विमल बस्नेतले श्रीमति ३८ वर्षीया लक्ष्मी राईको मंलबार राति हत्या गरेका हुन् ।
बस्नेतले शौच गर्न बसेकी राईको घाँटीमा खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए । आमालाई बचाउन गएका दुई छोरी समेत घाईते भएका छन् । बस्नेतको खुर्पा प्रहारबाट उनकी छोरीहरु १७ वर्षीया गंगा राई र जमुना राईको हातमा चोट लागेको छ । उनीहरुको वीरगञ्ज स्थित मेडिसिटी बयोधा अस्पतालमा उपचार भईरहेको छ ।
श्रीमान् र श्रीमतीबीचको घरायसी विवादका क्रममा मदिरापान गरेका बस्नेतले रिसको झोंकमा राई माथि खुर्पा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक कुशवाहाले बताए ।
बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको तथा राईको शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।
मृतक राईले दुई छोरी सहित ७ वर्ष पहिले बस्नेतसँग दोश्रो विवाह गरेकी थिईन् । यसकै कारण अहिले आएर विवाद भएको हुन सक्ने प्रहरीको आशंका छ ।