जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । घरजग्गा बाटोको सिफारिश गरिदिने भन्दै एकजना सेवाग्राहीसंग लगभग ४ लाख ५० हजार रुपैयाँ घुससहित सहनी पक्राउ परेका हुन् । उनी संगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डल समेत पक्राउ परेका हुन् ।
वडाध्यक्ष सहनीसंगै घुस लिने विषयलाई लिएर वडासचिव साह र कार्यालय सहयोगी विजयको समेत संलग्नता रहेकाले उनीहरुलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।