Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधाम २४का वडाध्यक्ष उपेन्द्र सहनी घुससहित पक्राउ





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहियाका वडाध्यक्ष उपेन्द्र सहनी घुसको रकमसहित पक्राउ परेका छन् । घरजग्गा बाटोको सिफारिश गरिदिने भन्दै एकजना सेवाग्राहीसंग लगभग ४ लाख ५० हजार रुपैयाँ घुससहित सहनी पक्राउ परेका हुन् । उनी संगै वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डल समेत पक्राउ परेका हुन् ।
वडाध्यक्ष सहनीसंगै घुस लिने विषयलाई लिएर वडासचिव साह र कार्यालय सहयोगी विजयको समेत संलग्नता रहेकाले उनीहरुलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।