Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अध्यक्ष पोखरेलको राजिनामा संगै पत्रकार महासंघको निर्वाचन अन्यौलमा





काठमाडौं ।
अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएसँगै नेपाल पत्रकार महासंघका महासघंको निर्वाचन अन्यौलग्रस्त भएको छ । आगामी असोज ५ गतेका लागि तय भएको निर्वाचनको पूर्वसन्ध्यामा पोख्रेलले पदत्याग गरेका हुन् ।
महासंघमा दर्ता भएको राजीनामा पत्रमा तोकिएकै समयमा निर्वाचन गराउन महासंघकै केन्द्रीय समितिले साथ नदिएको गुनासो उनले गरेका छन् । पत्रकारका भातृ संघ–संगठनले पनि सदस्य सूची आफुलाई देखाएर अघि बढ्नुपर्ने ‘धम्की’ दिएको उनको गुनासो छ ।
राजीनामा पत्रमा भनिएको छ, ‘निर्वाचन गराउनका लागि मैले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यको बैठक चल्दै गर्दा बीचवाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सुचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस भएन ।’
पत्रकार महासंघका अध्यक्ष पोख्रेलले राजीनामा दिएसँगै अब निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा अन्यौल छाइरहेको छ । अध्यक्षले राजिनामा दिएको अवस्थामा वा पद रिक्त भएको अवस्थामा स्वतः बरिष्ठ उपाध्यक्ष कार्यवाहक अध्यक्ष हुनसक्ने स्पष्ट व्यवस्था महासंघको विधानमा छ ।
विधानको दफा २२ मा बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षको काम कर्तव्य र अधिकार तोकिएका छन् । उपदफा १ को खण्ड ‘क’ मा भनिएको छ, ‘अध्यक्ष कुनै कारणले काम गर्न असमर्थ भएमा, काम विशेषले देशबाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यबाहक अध्यक्षले निजको कर्तव्यको पालना र अधिकार प्रयोग गर्ने जिम्मेवारी हुने छ ।’
यस्तै खण्ड ‘ख’ मा महासंघको निर्णय कार्यान्वयन गर्ने गराउने र खण्ड ‘ग’ मा अध्यक्ष वा केन्द्रीय समितिबाट आफुलाई सुम्पिएको वा तोकिएको कर्तव्यको पालना र अधिकारको प्रयोग गर्ने अधिकार दिइएको छ ।’
विधानतः पोखरेलको राजिनामासँगै महासंघका बरिष्ठ उपाध्यक्ष विष्टले कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः पाउनुपर्ने देखिन्छ । पोखरेलले पनि राजीनामा पत्रमा विष्टलाई आर्थिक अधिकार सहित कार्यवाहक अध्यक्षको जिम्मा दिने बताएका छन् ।
तर, वरिष्ठ उपाध्यक्ष विष्टले महासंघका अध्यक्ष पोख्रेलको राजीनामापत्र आफ्नो हाता परिनसकेको बताए । विष्टले भने, ‘अध्यक्षज्यूले केही दिनदेखि राजीनामा दिन्छु भनिरहनुभएको थियो । राजीनामा पत्र मैले हेरिसकेको छैन । पदाधिकारी र उपलब्ध केन्द्रीय समिति बैठक बसेर विधान अनुसार आवश्यक निर्णय गरेर अघि बढ्छौ ।’
बरिष्ठ उपाध्यक्ष विष्टका अनुसार महासंघको सदस्ययको टुंगो लागिसकेर अभिलेखमा राख्न मात्रै बाँकी छ । सदस्यता बापतको २ करोडभन्दा बढी रकम उठाउन बाँकी रहेको र ५० प्रतिशत कल्याणकारी कोषमा जाने भएकाले निर्वाचन कार्यतालिका केही हेरफेर हुन सक्ने उनी बताउँछन् । तोकिएको मिति असोज ५ गते नै निर्वाचन हुने नहुने विषयमा भने बैठकले नै टुंगो लगाउने बिष्टको भनाई छ ।
महासंघका महासचिव पुरीले पनि अध्यक्षले राजिनामा दिएको पत्र सार्वजनिक भएपछि र मिडियामा समाचार आएपछि अध्यक्षसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको बताए ।
उनले भने, ‘पहिले त उहाँको आधिकारिक राजिनामा हो कि होइन भन्ने पुष्टि गर्न खोजिरहेका छौ । राजीनामा दिएको नै हो भने मंगलबार उहाँलाई भेटेर सकभर राजीनामा फिर्ता लिन आग्रह गर्छौं । फिर्ता लिनु भएन भने विधान अनुसार अघि बढ्छौ ।’
के छ महासंघको विधानमा ?
नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौ संशोधन २०७५) ले हरेक ३ वर्षमा निर्वाचन भइसक्नुपर्ने व्यवस्था गरेको छ । यदि कुनै विषय अवस्था उत्पन्न भएमा बढीमा ६ महिनाभित्र निर्वाचनका लागि अर्को मिति तोक्नुपर्छ । यदि यसरी मिति तोक्दा पनि विभिन्न कारणले काबु बाहिरको अवस्था आएर निर्वाचन हुन नसकेमा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर बढीमा ६ महिना भित्र निर्वाचन गर्नुपर्ने हुन्छ ।
विपुल पोख्रेल नेतृत्वको नेपाल पत्रकार महासंघ २०७७ चैत २८ गते निर्वाचित भएको थियो । २०८० चैत २८ गते उनको कार्यकाल सकियो । विधानको व्यवस्था अनुसार आगामी असोज २८ गतेसम्म अहिलेको केन्द्रीय समितिले निर्वाचन गर्न सक्नेछ । तर, असोज २८ मा पनि निर्वाचन हुन नसकेको अवस्थामा प्रदेश र जिल्ला अध्यक्ष सम्मिलित राष्ट्रिय भेला आयोजना गरेर आगामी चैत २८ गतेसम्म निर्वाचन गरिसक्नुपर्नेछ । यदि यस्तो अवस्थामा पनि हुन नसकेको अवस्था के हुन्छ भन्ने विषयमा पत्रकार महासंघको बिधानमा उल्लेख छैन । महासंघले सुरुमा गत जेठ २६ गते, त्यसपछि गत असार २२ गते र अहिले असोज ५ गतेका लागि निर्वाचन तोकेको छ ।