Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसभित्र माओवादीको संगठनात्मक चुनौती बढ्दो

प्रचण्डसहित उच्च तहका नेता गहन छलफलमा





जनकपुरधाम ।
माओवादी केन्द्रको मधेसमा संगठनात्मक चुनौती पछिल्लो समय बढ्दै गईरहेको छ । संगठनात्मक चुनौती समाधान गर्ने उद्देश्यले अध्यक्ष प्रचण्डसहित पार्टीका उच्च नेताहरु गहन छलफलमा जुटेका छन् । माओवादी केन्द्रको खस्कँदो संगठनात्मक अवस्थालाई सुधार्न अध्यक्ष प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा व्यापक चासो रहेको छ ।
पछिल्लो समयमा नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले असन्तुष्ट माओवादी नेता कार्यकर्तालाई व्यवस्थापन गरिरहेको अवस्थामा, माओवादी पार्टी भित्रैबाट नेता र कार्यकर्ताहरुको असन्तुष्टि झनै प्रकट हुँदै गएको छ । पछिल्लो १ वर्षको अवधिमा माओवादी केन्द्रकै उच्च तहका नेताहरुका अनुसार ६ सयभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन् ।
विशेषगरी महोत्तरी जिल्लामा एमालेको संगठनात्मक स्थितिमा माओवादी छाडेर आएका नेताहरुलाई बलियो जिम्मेवारी दिइएको उदाहरण प्रस्तुत छ । महोत्तरीको उत्तरी क्षेत्रमा एमालेले माओवादीबाट प्रवेश गरेका नेता वलिराम यादवलाई नेतृत्व दिएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीबाट भित्रिएका छन् । बर्दिवासदेखि सम्सीसम्म एमालेले माओवादीका भूतपूर्व नेताहरुलाई संगठित गर्दै आएको देखिन्छ ।
माओवादीको संगठनभित्र गुटबन्दी र आन्तरिक कलह नै कमजोर हुने मुख्य कारण रहेको केन्द्रीय सदस्य प्रकाशहरी पोखरेलले बताए । बैठकमा यी विषयको निर्मम समीक्षा गरिने र अध्यक्ष प्रचण्डले छलफलबाट निष्कर्ष निकाल्ने उल्लेख गरिएको छ ।
मधेश प्रदेश इन्चार्ज गणेश साहले पार्टीमा नेतृत्वको कमजोरी स्वीकार गर्दै अब दोषारोपणको साटो मैदानमा काम गर्नुपर्ने बताए । यसैबीच, महोत्तरी इन्चार्ज राजु खड्काले पनि पार्टी कमजोर हुनुमा नेताहरुकै जिम्मेवारी रहेको उल्लेख गर्दै गुटबन्दी र आन्तरिक मतभेदलाई समाधान गर्नेतर्फ छलफल आवश्यक रहेको बताए । मधेशमा माओवादी केन्द्रको संगठनलाई पुनः सशक्त बनाउन अध्यक्ष प्रचण्डसहितका केन्द्रीय नेताहरु बर्दिवास रिसोर्टमा आयोजित बैठकमा गहन छलफलमा जुटेका छन् ।