Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशमा हसिनामाथी सामूहिक मुद्दा चलाउने तयारी

मुद्दा चलाउन स्वदेश फर्काउने कसरत





एजेन्सी ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले भारतमा रहेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ । विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना गत अगस्ट ५ का दिन भागेर भारत गएकी हुन् । हाल उनी भारतमै छिन् ।
बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणका प्रमुख अभियोजक मोहम्मद ताजुलले भारतसँगको सुपुर्दगी सन्धिअनुसार हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने बताएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार सामूहिक हत्याको आरोपमा मुद्दा अघि बढाउन हसिनालाई स्वदेश फर्काउन लागिएको हो ।
अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
ढाकाको न्यायाधिकरण परिसरमा पत्रकार सम्मेलनमा प्रमुख अभियोजक ताजुलले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आवेदन दिनेछौँ ।’