Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

आइफोन १६ सार्वजनिक





एजेन्सी ।
ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो ।
एप्पलका प्रमुख कार्यकारी टिम कुकले आईफोन १६ ले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिने दाबी गरे । नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ । नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो–हरियो), एक्वामरिन (हरियो–नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ । नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ ।
आईफोन १६ लाइन नयाँ बटनहरुसाथ आएको छ । पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ । यसबाहेक एप्पलले फिजिकल बटन थप गरेको छ । औँला धसेर सहजै क्यामेरा खोल्न सकिन्छ ।
आईफोन १६ एप्पल बौद्धिकतालाई सहयोग गर्न १७ प्रतिशत बढी सिस्टम मेमोरी ब्यान्डविथसहित आएको छ । यसमा ग्लास सेरामिक स्क्रिन छ जुन अघिल्लो मोडलको तुलनामा ५० प्रतिशत कडा र ४० प्रतिशत द्रुत जीपीयूयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ ।
क्यामेरा सोझ्याएर खोज्ने सुविधा
नयाँ आईफोन १६ ले प्रयोगकर्तालाई केही वस्तुको जानकारी लिन सहजता थपेको छ । अर्थात् ती वस्तुमाथि क्यामेरा सोझ्याउँदा तिनबारे जानकारी मिल्छ । यसमा क्यामेरा नियन्त्रण गर्ने फिचर छ । फोनको किनारामा यसका लागि बटन छ । यसले प्रयोगकर्तालाई ‘भिजुअल इन्टेलिजेन्स’मा पहुँच दिने सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष क्रेग फडरिगी बताउँछन् ।
अर्थात् कुनै रेस्टुराँतिर क्यामेरा सोझ्याउँदा त्यसबारेका रिभ्युहरु, मेनु र कसरी रिजर्भ गर्ने सबै कुराको जानकारी मिल्छ । यसमा रहेको भिजुअल इन्टेलिजेन्सबाट कुनै कुकुरबो प्रजातिजस्ता सूचना आईफोन १६ ले दिन्छ । एप्पले आफ्नो नयाँ आईफोनमा च्याटजीपीटी बनाउने ओपनएआईसँगको यसअघि घोषित साझेदारीलाई पनि समावेश गरेको छ । जुन यसका केही फिचरमा आएका छन् ।
नवीनतम एआई फिचर
नयाँ आईफोनमा नवीनतम एआई फिचरको प्रयोग गरिएको छ। यसलाई कम्पनीले एप्पल बौद्धिकता अर्थात् एप्पल इन्टेलिजेन्स भनेको छ । इमेल तथा मेसेजको मद्दत गर्न एआईको सहयोग लिन सकिने टुल्स यसमा राखिएका छन् । एप्पलको एआईले सिरिसँगको वार्तालापलाई अझ स्वाभाविक बनाएको छ ।
अब सिरिले प्रयोगकर्ताको लिखित मेसेजबाट पनि प्रतिक्रिया दिन्छ अर्थात् आफ्ना साथीले सुझाएका गीत सुन्न र टिभी शोहरु सिरिले सम्झाउने सुविधा दिएको छ । जस्तो कि प्रयोगकर्ताले केही दिनअघिको कुनै पार्टी वा वनभोज कार्यक्रमको फोटो कसैलाई पठाऊ भन्दा सिरिले त्यो सबै खोजेर पठाउन सक्छ । आफूअनुकूलको एआईचित्रित इमोजी तथा फोटो खोज्ने क्षमतालाई अझ परिष्कृत पारिएको छ ।