Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दूबै सदनबाट पारित





काठमाडौं ।
नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ । यो विधेयक तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २०७९ मंसिर २०मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले २०८० असार १८ मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएर आएका यो विधेयक सोमबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
अब यो विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाइन्छ । त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।