Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दूबै सदनबाट पारित





काठमाडौं ।
नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ । यो विधेयक तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २०७९ मंसिर २०मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले २०८० असार १८ मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएर आएका यो विधेयक सोमबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
अब यो विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा जान्छ । प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश राष्ट्रिय सभामा सुनाइन्छ । त्यसपछि राष्ट्रिय सभाका अध्यक्षले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउँछन् । राष्ट्रिपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा कार्यान्वयनमा आउनेछ ।