Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

जनकपुरधाम उपमहानगरबिरुद्ध एनप्याब्सन उच्च अदालतमा

कागजात लिएर उपस्थित हुन उपमहानगरलाई उच्च अदालतको आदेश





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाले गत वर्ष नगरमा संचालित निजि विद्यालयहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा जनकपुरधामका ११भन्दा बढी निजि विद्यालय दर्ता बिनै संचालनमा रहेको पाइएको थियो भने केही निजि विद्यालयहरुमा कागजात चुस्त देखिएको थिएन । दर्ता बिनै संचालनमा रहेका विद्यालयहरु बन्द हुनु पर्ने प्याब्सन, एनप्याब्सन लगायतका संस्थाहरुले माग गर्दै आईरहेका थिए ।
तर उपमहानगरले ती विद्यालयहरुलाई बन्द नगराएपछि एनप्याब्सन जनकपुरधाम उपमहानगरपालिका बिरुद्ध उच्च अदालत जनकपुरमा पुगेको छ । दर्ता नरहेको विद्यालय बन्द हुनुपर्ने अडान हाम्रो माग रहँदै आएको छ तर उपमहानगर त्यसमा तयार भएन, एनप्याब्सन जनकपुरधामका नगर अध्ययक्ष दीपक ठाकुरले भने ‘अन्त्यमा बाध्य भएर अदालतको सहारा हामीलाई लिनु परेको छ ।’ एनप्याब्सनले उपमहानगर बिरुद्ध परमादेश मुद्दा दर्ता गराएकोे हो ।
एनप्याब्सनको परमादेश मुद्दामा उच्च अदालत जनकपुरधामले उपमहानगरलाई कारण देखाउनुका साथै अनुगमनका कागजात लिएर उपस्थित हुन भनेको छ ।