जनकपुरधाम ।
कलवार समुदायको कूल देवता बलभद्र भगवानको भव्य पूजा अराधना गरी बलभद्र जयन्ती मनाइदै छ । जनकपुधामस्थित व्याहुत कलवार सेवा समितिको आयोजनामा बलभद्र भगवानको पूजा अराधना गरी बलभद्र जयन्ती मनाइदै छ । प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाइने गरिन्छ ।
भक्तजनहरुको मन्दिरमा घुइँचो लागेका छ भने पूजा भव्यता पूर्वक गरिदै छ । यस अघि आजै भव्य कलश यात्रा समेत निकालिएको थियो ।
भगवान कृष्णको दाई भगवान बलरामलाई बलभद्र भगवानको रुपमा चिनिन्छ । बललाई शक्ति र भद्रलाई अन्नको रुपमा परिभाषित गरिन्छ । बलभद्र भगवानलाई भात, विशेष किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउने प्रचलन रहेको छ । भगवानको पूजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।