Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

प्रहरी ऐन संशोधनका लागि गृहमन्त्रीद्वारा सुझाव संकलन





काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणका लागि सुझाव लिएका छन् । गृहमन्त्री लेखकले सशस्त्र र नेपाल प्रहरीका उच्च अधिकारीलाई मन्त्रालयमा बोलाएर सुझाव लिएका हुन् ।
विधेयकको मस्यौदाबारे आइतबार दिउँसो सुरक्षा अधिकारीसँग गरेपछि गृहमन्त्री लेखकले साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका थिए । प्रहरी ऐन संशोधनका लागि बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो ।
बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधन गर्ने विधेयकमा साकारात्मक र परिणाममूखि छलफल भएको गृहमन्त्री लेखकले बताए । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ । प्रहरीको विधेयक दुई साताअघि नै पठाइएकोमा सशस्त्र प्रहरीको पनि बिहीबार पठाइएको छ ।
साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले उच्च अधिकारीको राय सुन्नु भएको थियो । गृहमन्त्री लेखकले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्वप्रमुखहरूको पनि राय–सुझाव सुनेका थिए ।
यस्तै सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैं सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीको राय लिएका थिए । गृहमन्त्री लेखकले मन्त्री भएको १०० दिनभित्र प्रहरी ऐनलाई संसदमा लैजाने लक्ष्य राखेका थिए । अर्थबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने र मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री लेखकको तयारी छ ।