Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिन्धुलीस्थित विद्यालयमा विद्यार्थी मृत्यु प्रकरणः न्यायको माग गर्दै सपहीमा स्थानीयले गरे सडक अवरुद्ध

एक घण्टापछि खुल्यो सडकखण्ड





जनकपुरधाम ।
सिन्धुलीको कमलामाई नगरपालिका ६मा रहेको भगवती माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको हत्या गरि मारिएको भन्दै न्यायको माग गर्दै स्थानीयले जनकपुरधाम–ढल्केवर सडकखण्ड अवरुद्ध पारेका छन् ।
धनुषाको लक्ष्मीनियाँ ४ का गणेश कुमार साहका १५ वर्षीय छोरो रजनिश कुमार साहको विद्यालयमै योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै उनका आफन्त र स्थानीय आन्दोलित भएका छन् । उनीहरू सपहीस्थित जनकपुरधाम–ढल्केबर सडक अवरुद्ध गरेका हुन् । सडकमा सयौं महिला र पुरुष धर्नामा बसेका छन् । रजनिशलाई न्याय देऊ, हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाउँदै स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
विद्यालयका अनुसार भदौ २ गते कक्षा ८ मा अध्ययनरत रजनिश होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए । पासो काटेर उद्धार गरी धुलिखेलस्थिगत एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
तर मृतक विद्यार्थी रजनिशका परिवारले विद्यालयकै संस्थापक, होस्टेल इन्चार्ज, प्रधानाध्यापकसहितले हत्या गरेको आरोप लगाएका छन् । घटनाको छानबिन र दोषीमाथी कारबाहीका लागि उजुरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुली पुग्दा वास्ता नगरेको मृतक रजनिशका कुवा गणेश साहले आरोप लगाए ।
उजुरी दर्ता गर्न नमानेपछि आफूहरू विरोध गर्दा प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको उनले दुःखेसो समेत पोखे । उनले भने, ‘बाध्य भएर आज यहाँ सडक जाम गर्नुपरेको छ । हामीलाई न्याय चाहियो ।’