Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीका तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा





 

जनकपुरधाम ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

खत्वेका साथै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवसहित ११ जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

वडा नम्बर ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण रंगरोगन तथा व्यवस्थापनसम्बन्धी कार्य अधुरो छाडेको तथा कुनै कामै नगरी रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रमुख प्रशासकीय अधिकृत यादव र इन्जिनियर खुर्सेद इक्रामले कम काम गरी बढी काम गरेको भनी तयार गरेको प्राविधिक मूल्याङ्कनसहितको नापी किताब तयार गरेका थिए ।

साथै उनीहरूले कार्य सम्पन्न प्रतिवेदन पेश गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी ११ लाख १९ हजार ९४९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी तत्कालीन लेखा प्रमुख सोनुकुमार सोनी, तत्कालीन उपाध्यक्ष तथा योजना अनुगमन समितिको संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिको सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्रकुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरीविरुद्ध पनि मुद्दा दायर भएको प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।