जनकपुरधाम ।
प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा उनकै प्रेमीले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ । सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो ।
उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका–५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो । अभियुक्त रामविनय महराले खुलाएअनुसार सिरहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो ।
राम दुलारीको शव गत बिहीबार सुन्दरीजलस्थित ढुंगाको चेपभित्र भेटिएको थियो । उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका–५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो । अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो । तर रामदुलारीले अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भदै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले प्रहरीसँग बताएका छन् । रामविनय पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन् ।
‘निज रामविनय महरा नाताले सन्तोष महराको फुपाजु रहेको र दुवैजना मिलेर राम दुलारीलाई घटनास्थलसम्म लगी उचाइँबाट धकेली घाइते अवस्थामा हुँदा दुवैजनाले पालैपालो ढुंगाले टाउकोमा पटकपटक प्रहार गरी हत्या गरेको खुलेको छ’, एसपी अधिकारीले भने । तर घटनाको विस्तृत अनुसन्धान जारी रहेको उनले बताए ।