जनकपुरधाम ।
महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गौशाला नगरपालिका– ३ इँटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको–९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
साइकलमा विद्यालय जाँदै गरेकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । बालिका स्थानीय श्री जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३मा अध्ययनरत थिए । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।