Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

एमालेले आफ्ना मधेसका कार्यकर्तालाई अनुशासनको प्रशिक्षण दियो





जनकपुरधाम ।
नेकपा एमालेले मधेस प्रदेशका नेता तथा कार्यकर्तालाई अनुशासनको प्रशिक्षण दिएको छ । मधेस प्रदेशको प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिबासमा आज सम्पन्न भएको हो । कार्यक्रममा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेता कार्यकर्तालाई पार्टी, संगठन, नेतृत्व र समग्र अनुशासनका बारेमा प्रशिक्षण दिएका छन् ।
त्यसैगरी अनुशासन आयोगका सचिव प्रा.डा.भरत पहारीले पार्टीका नेता तथा कार्यकर्ताले पालन गर्नुपर्ने अनुशासन र आचार संहिताबारे प्रशिक्षण दिएको एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।
प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, पार्टी प्रदेश कमिटीका सदस्यहरू, प्रदेश लेखा आयोगका सदस्यहरू, आठवटै जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको प्रदेश कमिटीका सचिव पौडेलले बताए ।
प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, ज्वाला कुमारी साह, अच्युत मैनाली, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालगायतको उपस्थिति रहेको थियो । एमाले केन्द्रीय अनुशासन आयोगले यसअघि ६ वटा प्रदेशमा प्रशिक्षण कार्यक्रम गरिसकेको छ ।