Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार





एजेन्सी ।
पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय सर्वेक्षण गरेको डन न्यूजी टिभीले वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ ।
यसबारे सम्बन्धित विभागले सरकालाई सूचित गरिसकेको बताइएको छ । यतिबेला भन्डारबाट तेल र ग्यास निकाल्ने परियोजनाको बोलपत्र आह्वान र उत्खननबारे अध्ययन भइरहेको बताइएको छ । उत्खननको काम निकट भविष्यमै सुरु गर्न सकिने बताइएको छ । तर तेल निकाल्न भने कयौँ वर्ष लाग्न सक्ने ती अधिकारीले बताएका छन् । केहीले पाकिस्तानमा भेटिएको तेल तथा ग्यास भन्डार विश्वको चौथो ठुलो भएको अनुमान गरेका छन् ।
अहिले भेनेजुएलासँग विश्वको सबैभन्दा ठुलो तेल भन्डार छ । उसँग करिब ३ अर्ब ४० करोड ब्यारेलको भन्डार भएको अनुमान गरिएको छ । साउदी अरब, इरान, क्यानडा र इराक पनि विश्वका शीर्ष पाँच तेल तथा ग्यास भन्डार भएका देश हुन् ।