Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानमा भेटियो तेल र ग्यासको विशाल भन्डार





एजेन्सी ।
पाकिस्तानको भूगोलभित्र पर्ने समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार भेटिएको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय सर्वेक्षण गरेको डन न्यूजी टिभीले वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ ।
यसबारे सम्बन्धित विभागले सरकालाई सूचित गरिसकेको बताइएको छ । यतिबेला भन्डारबाट तेल र ग्यास निकाल्ने परियोजनाको बोलपत्र आह्वान र उत्खननबारे अध्ययन भइरहेको बताइएको छ । उत्खननको काम निकट भविष्यमै सुरु गर्न सकिने बताइएको छ । तर तेल निकाल्न भने कयौँ वर्ष लाग्न सक्ने ती अधिकारीले बताएका छन् । केहीले पाकिस्तानमा भेटिएको तेल तथा ग्यास भन्डार विश्वको चौथो ठुलो भएको अनुमान गरेका छन् ।
अहिले भेनेजुएलासँग विश्वको सबैभन्दा ठुलो तेल भन्डार छ । उसँग करिब ३ अर्ब ४० करोड ब्यारेलको भन्डार भएको अनुमान गरिएको छ । साउदी अरब, इरान, क्यानडा र इराक पनि विश्वका शीर्ष पाँच तेल तथा ग्यास भन्डार भएका देश हुन् ।