Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

एनपीएलमा खेलाडीको छनौट अक्सनबाट गरिने, एक टोलीमा १६ खेलाडी





काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)मा खेलाडी छनोट अक्सनबाट गर्ने भएको छ ।
एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ । ‘खेलाडी छनोट अक्सनबाट हुनेछ । अक्सन सेप्टेम्बर अन्तिमसम्म हुनेछ । एक टोलीमा १६ खेलाडीसम्म हुनेछन् । विदेशी खेलाडी कति हुने त्यो टुङ्गो लाग्न बाँकी छ’, क्यान स्रोतले भन्यो ।
अब क्यानले मार्की खेलाडी चाडै नै सार्वजनिक गर्ने तयारी गरेको छ । मार्की खेलाडीमा नेपालबाट खेलेका वर्तमान टोलीका शीर्ष खेलाडी हुनेछन् । अक्सनमा न्यूनतम खेलाडीको मूल्य तय हुन पनि बाँकी छ । खेलाडीको अन्तर्राष्ट्रिय सहभागीता अनुसार अक्सन ग्रेड निर्धारण हुनेछ । त्यसै अनुसार खेलाडीले अक्सनमा न्यूनतम मूल्य तय गर्न पाउनेछन् ।
यसअघि २०२२÷२३ मा सम्पन्न विवादित नेपाल टी–२० लिगमा भने खेलाडी ड्राफ्टबाट छनोट गरिएको थियो । उक्त विवादित लिगको ड्राफ्टमा ए ग्रेडका खेलाडीलाई १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीलाई ५ लाख मूल्य तोकिएको थियो ।
उक्त नेपाल टी–२० लिग भने क्यानले ८ वर्षलाई भारतीय कम्पनी सेभेन थ्री स्टारलाई बेचेको थियो । त्यसैको कारण स्टप फिक्सिङ, खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाउनु, आयोजक नै फिक्सिङको मुख्य योजनाकार हुनुलगायतका थुप्रै विवादै विवादमा सम्पन्न भएको थियो ।
नेपाल प्रिमियर लिग क्यान आफैंले आयोजना गर्नेछ । यसै साता ८ फ्रेन्चाइज टोलीको स्वामित्व १६ करोडमा बेचेको थियो । एनपिएलमा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली छन् ।
पोखरा नेपाल टी–२० क्रिकेट प्रा.लिले सर्वाधिक ३ करोड ५७ लाख रुपैयाँ टिम अक्सनमा खर्चेको थियो । नेपाल टी–२० लिगका ६ फ्रेन्चाइजमध्य एनपिएलमा स्वामित्व किन्ने पोखरा एक्लो टोली समेत हो । उक्त नेपाल टी–२० लिगमा स्वदेशी लगानी भएको पनि पोखरा एक्लो टोली थियो ।