Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

एकिकृत समाजवादीले गर्यो केन्द्रिय नेताहरुको कार्य विभाजन गर्ने





काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले संघिय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर केन्द्रीय नेताहरूको कार्य विभाजन गर्ने भएको छ ।
अधिकांश केन्द्रीय सदस्यहरुलाई भूगोलमा खटाउने र त्यसका लागि संघिय र प्रदेश निर्वाचन क्षेत्रसम्मको जिम्मेवारी प्रदान गर्ने तयारी भइरहेको उपमहासचिव तथा नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
केही दिनभित्र स्थायी कमिटी बैठक नेताहरूको कार्य विभाजन र विभागीय प्रमुखहरू तोकिने नेता भट्टराईको भनाइ छ ।
अध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र वरिष्ठ नेतासहितको २४ सदस्यीय पदाधिकारी नै सो पार्टीको स्थायी कमिटी बनेको छ । असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले महाधिवेशन सकिएको २ महिना बित्दा पनि केन्द्रीय नेताहरूको कार्य विभाजनसहित विभागीय प्रमुख तोक्न नसकेको भन्दै नेतृत्वको आलोचना भइरहेको छ ।
सो पार्टीका केन्द्रीय सचिव समेत रहेका नेता सोमप्रसाद पाण्डेले आन्तरिक गृहकार्य गर्नुपर्ने भएकाले नेताहरूको कार्य विभाजनमा ढिलाइ भएको स्वीकार गरे ।
‘कार्य विभाजनका लागि केही गृहकार्य गर्नुपर्ने भएकाले केही समय ढिलाइ भए पनि अव चाँडै टुङ्गिन्छ’, पाण्डेले भने, ‘ढिलाइ भएकोमा सामान्य आलोचना हुनु स्वाभाविक हो । किनभने जिम्मेवारी लिएर कार्यक्षेत्रमा जाने हतारो नेता कार्यकर्तामा देखिनु त सकारात्मक नै हो ।’
केन्द्रीय कमिटी बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने अधिकार स्थायी कमिटीलाई दिएकाले स्थायी कमिटी बैठकमार्फत जिम्मेवारी तोक्ने विषयमा अनौपचारिक छलफल भइरहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले मजबुत पार्टी सङ्गठन निर्माणका लागि केन्द्रीय नेताहरूलाई अनिवार्य रूपमा भूगोलमा खटाउनुपर्ने आवश्यकता देखिएकाले सोही अनुसार अघि बढ्ने योजना बनिरहेको बताए ।
‘विभागीय जिम्मेवारी जेजे भए पनि प्रत्येक नेतालाई भूगोलको जिम्मेवारी दिनेगरी छलफल भइरहेको छ’, खतिवडाले भने, ‘माधव नेपाल र जगन्नाथ खतिवडा जुनसुकै पद र विभागमा भए पनि उनीहरूले एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी अनिवार्य लिनुपर्छ र त्यसको जस अपजस पनि आफै लिनुपर्छ भन्नेगरी छलफल चलिरहेको छ ।’
भदौ महिनाभित्र नेताहरूको कार्य विभाजन गर्ने भनिएपनि केही समय ढिला हुनसक्ने खतिवडाको भनाइ छ ।
असारदेखि भदौसम्म किस्ताबन्दीमा २१ पदाधिकारीसहित ३४४ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको सो पार्टीले नेताहरूको जिम्मेवारी बाँडफाँड र विभागीय प्रमुख, जनसङ्गठन प्रमुख र जिल्ला इन्चार्जहरूको कार्य विभाजन गर्न ढिलाइ गरेको हो ।
विधान त सो पार्टीमा सङ्गठन विभाग, विदेश विभाग लगायत विभिन्न ३१ वटा विभाग रहेका छन् । यसअघि सङ्गठन विभागको प्रमुख डा. बेदुराम भुसाल रहेका थिए भने विदेश विभाग प्रमुख झलनाथ खनाल रहेका थिए । त्यस्तै २४ वटा जनसंगठन, ७७ जिल्ला, ३ वटा आयोग रहेका छन् । यसबाहेक भूगोलतर्फ सात प्रदेश र उपत्यकासहित ९ प्रदेश, ५ वटा पेसागत महासङ्घ (किसान, मजदुर लगायत) को पनि इन्चार्ज तोक्न बाँकी रहेको छ ।
सचिव भट्टराईले ३१ विभाग, २४ प्रवाससहित भूगोलतर्फ जिल्ला इन्चार्ज ८९, प्रदेश ९, ५ पेसागत महासङ्घ र केन्द्रीय नेतालाई निर्वाचन क्षेत्रको इन्चार्ज एकै पटक तोक्ने तयारी भएको जानकारी दिए ।
‘सबै विभाग र महासङ्घ, आयोगहरूका इन्चार्ज पहिला तोकिन्छ । त्यसपछि ति विभागहरूलाई पूर्णता दिने तयारी छ’, नेता भट्टराईको भनाइ छ ।
यसअघि पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय सदस्य चयन गर्दा नेताका वरिपरिकालाई स्थान दिएको भन्दै सो पार्टीमा असन्तुष्टि देखिएको थियो । अबको कार्य विभाजन पनि सोही अनुसार भए असन्तुष्टि विस्फोट हुनसक्ने एक नेताले बताए ।