Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

मुख्यमन्त्री कार्यालयमै पार्टी प्रवेश कार्यक्रम, चौतर्फी आलोचना





जनकपुरधाम ।
मधेस सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जनमत पार्टीको प्रवेश कार्यक्रम गरेको पाइएको छ ।
मधेसको मुख्यमन्त्री सतिश कुमार सिंहको कार्यालयमै पार्टी प्रवेश कार्यक्रम राखिएको पाइएको हो । सो कार्यक्रममा मुख्यमन्त्री सिंहको उपस्थिति नरहेपनि मुख्यमन्त्री कार्यालयको सचिवालयका रंजित साहले शुक्रबार मुख्यमन्त्री सिंहको कार्यकक्षमै पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरेका थिए ।
साहले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता वितरण गरिरहेको तस्वीर सामाजिक संजालमा समेत कतिपयले पोस्ट्याएका छन् ।
उक्त तस्बिर सामाजिक सञ्जाल मार्फत बाहिरिएपछि मुख्यमन्त्री प्रदेशको कि पार्टीको भन्दै विभिन्न कोणबाट प्रश्न उठि रहेको छ । कतिपयले मुख्यमन्त्री सिंहले सत्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाई रहेका छन् । राजनीतिक विश्लेषक रोशन जनकपुरीले मुख्यमन्त्री कार्यालय वा मुख्यमन्त्रीको सरकारी निवासमा पार्टी विशेषको कार्यक्रम गर्नु आचारसंहिता विपरित रहेको प्रतिक्रिया दिए । उनले भने ‘मुख्यमन्त्री कुनै पार्टीको नभई प्रदेशको हुन्छ, मुख्यमन्त्री कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई कडा आलोचना हुनु पर्छ ।’ अगाडी भने ‘भेटघाटसम्म त ठिकै थियो तर पार्टी प्रवेश कार्यक्रम नै राख्नु आचारसंहिता विपरित हो ।’
मुख्यमन्त्री कार्यालयमा पार्टी प्रवेश कार्यक्रम भए नभएको विषयमा आफूलाई जानकारी नरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए ।
यता जसपा नेपालका नेता ज्ञानेन्द्र यादवले मुख्यमन्त्री कार्यालयमा यस प्रकारको पार्टी विशेषको कार्यक्रम हुनुले मुख्यमन्त्रीमा सरकार चलाउने ज्ञान नरहेको स्पष्ट भईरहेको प्रतिक्रिया दिए । उनले भने ‘मुख्यमन्त्री ज्यूको यो रबैयाले उनको ईमेच्योर प्रवृति दर्शाईरहेको छ ।’