Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

बंगलादेशमा दुर्गा पूजाका बेला मन्दिरको सुरक्षा गर्ने घोषणा





एजेन्सी ।
बंगलादेशका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसैनले बंगलादेशको राष्ट्रिय गान परिवर्तन गर्ने कुनै योजना नभएको बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार हुसैनले अन्तरिम सरकारले विवाद सिर्जना गर्ने कुनै पनि काम नगर्ने बताएका हुन् ।
यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्वअमिर गुलाम आजमका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अपिल गरेका थिए । बंगलादेशी न्युज च्यानल ढाका ट्रिब्युनका अनुसार खालिद हुसैनले प्रार्थनास्थलमा आक्रमण गर्नेहरू मानवताका शत्रु भएको बताए । उनले भने– ती अपराधी हुन् र कानुनबमोजिम कारबाही हुनेछ ।
खालिद हुसैनले दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँगै स्थानीयले मन्दिरको सुरक्षा गर्ने घोषणा गरेका छन् । उनले भने– मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारका ’आतंकवाद’मा संलग्न हुँदैनन् । यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र हो ।