Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशमा दुर्गा पूजाका बेला मन्दिरको सुरक्षा गर्ने घोषणा





एजेन्सी ।
बंगलादेशका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसैनले बंगलादेशको राष्ट्रिय गान परिवर्तन गर्ने कुनै योजना नभएको बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार हुसैनले अन्तरिम सरकारले विवाद सिर्जना गर्ने कुनै पनि काम नगर्ने बताएका हुन् ।
यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्वअमिर गुलाम आजमका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अपिल गरेका थिए । बंगलादेशी न्युज च्यानल ढाका ट्रिब्युनका अनुसार खालिद हुसैनले प्रार्थनास्थलमा आक्रमण गर्नेहरू मानवताका शत्रु भएको बताए । उनले भने– ती अपराधी हुन् र कानुनबमोजिम कारबाही हुनेछ ।
खालिद हुसैनले दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँगै स्थानीयले मन्दिरको सुरक्षा गर्ने घोषणा गरेका छन् । उनले भने– मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारका ’आतंकवाद’मा संलग्न हुँदैनन् । यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र हो ।