Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

सिरहाका एक युवक काठमाडौँबाट बेपत्ता

प्रहरी प्रशासनले खोजी गर्न आनाकानी गरेको परिवारजनको आरोप





जनकपुरधाम ।
सिरहाको एक युवक संघिय राजधानी काठमाडौँबाट बेपत्ता भएको छ । दुई महिना अगाडी सिरहा कल्याणपुर नगरपालिका –३ ईटारी प्रसाहीका २० वर्षिय अरूणकुमार शर्मा काठमाडौंबाट बेपत्ता भएका थिए ।
एमबीबीएसको तयारी कक्षाका लागि काठमाडौँ पुगेका अरुण गत असार २५ गते नै बेपत्ता भए पनि प्रहरी प्रशासन भने उनको खोजी गर्न सकेको छैन । छोरा बेपत्ता भएको पीडाका कारण बुवा पुष्पलाल ठाउँ ठाउँ छोरो खोज्न भौतारी रहेका छन् । बेपत्ता अरुणका भाई शशि ठाकुरले भाईलाई खोजि दिन प्रहरीमा उजुरी समेत दिएका छन् । तर प्रहरी प्रशासनबाट असहयोग पाईरहेको उनले आरोप लगाए । ठाकुरले भने ‘ एउटा नेताको छोरा बेपत्ता भएको भए सरकारले सबै शक्ति परिचालन गरेर उही बेला फेला पारि सकेको हुन्थ्यो, तर एउटा निमुखा जनताको छोरा राजधानी बाट बेपत्ता भएको महिनौँ हुँदा समेत अत्तो पत्तो छैन ।’
बेपत्ता युवकको खोजी भईरहेको मोबाइल स्वीच अफ रहेकाले खोजीमा समस्या भईरहेको जनाएको छ ।