Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरहाका एक युवक काठमाडौँबाट बेपत्ता

प्रहरी प्रशासनले खोजी गर्न आनाकानी गरेको परिवारजनको आरोप





जनकपुरधाम ।
सिरहाको एक युवक संघिय राजधानी काठमाडौँबाट बेपत्ता भएको छ । दुई महिना अगाडी सिरहा कल्याणपुर नगरपालिका –३ ईटारी प्रसाहीका २० वर्षिय अरूणकुमार शर्मा काठमाडौंबाट बेपत्ता भएका थिए ।
एमबीबीएसको तयारी कक्षाका लागि काठमाडौँ पुगेका अरुण गत असार २५ गते नै बेपत्ता भए पनि प्रहरी प्रशासन भने उनको खोजी गर्न सकेको छैन । छोरा बेपत्ता भएको पीडाका कारण बुवा पुष्पलाल ठाउँ ठाउँ छोरो खोज्न भौतारी रहेका छन् । बेपत्ता अरुणका भाई शशि ठाकुरले भाईलाई खोजि दिन प्रहरीमा उजुरी समेत दिएका छन् । तर प्रहरी प्रशासनबाट असहयोग पाईरहेको उनले आरोप लगाए । ठाकुरले भने ‘ एउटा नेताको छोरा बेपत्ता भएको भए सरकारले सबै शक्ति परिचालन गरेर उही बेला फेला पारि सकेको हुन्थ्यो, तर एउटा निमुखा जनताको छोरा राजधानी बाट बेपत्ता भएको महिनौँ हुँदा समेत अत्तो पत्तो छैन ।’
बेपत्ता युवकको खोजी भईरहेको मोबाइल स्वीच अफ रहेकाले खोजीमा समस्या भईरहेको जनाएको छ ।