Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मटिहानी क्याम्पसका प्राचार्य वीरेन्द्र लाललाई विद्यार्थीको मेसको खानामा रोक लगाइयो





जनकपुरधाम
याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ(क्याम्पस) मटिहानीका प्राचार्य वीरेन्द्रलाल कर्णलाई विद्यापीठको मेसमा खानमा रोक लगाइएको छ । विद्यार्थीहरुको मेसमा निशुल्क रुपले प्राचार्य कर्ण खाइरहेका थिए । विद्यार्थीहरुको छात्रवृति रकमवाट सो मेस सञ्चालन हुँदै आएको छ ।
विद्यार्थीहरुले शुरुमा मेसमा नखान प्राचार्यलाई आग्रह गरेका थिए तर उहाँले नमानेपछि विद्यार्थीहरुले खाना खान मेसमा पुगेको बेला त्यहाँबाट निकाली दिएका छन् । विद्यार्थीको लागि छात्रवृति रकमको पैसावाट मेस सञ्चालन हुँदा प्राचार्य खाइरहेकाले कर्मचारी, शिक्षकहरुले समेत आलोचना गर्दै आएका थिए तर उहाँले यसको प्रवाह बेगर केही वर्षदेखि त्यहाँ खाँदै थिए ।
विद्यार्थीको मेसमा किन खाना खाएको र मेसबाट निकालिएको कारण सम्बन्धमा प्राचार्य कर्णसँग पटक–पटक मोबाइलमा फोन गर्दा उहाँले उठाउनु भएन ।