Breaking 
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान |

मटिहानी क्याम्पसका प्राचार्य वीरेन्द्र लाललाई विद्यार्थीको मेसको खानामा रोक लगाइयो





जनकपुरधाम
याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ(क्याम्पस) मटिहानीका प्राचार्य वीरेन्द्रलाल कर्णलाई विद्यापीठको मेसमा खानमा रोक लगाइएको छ । विद्यार्थीहरुको मेसमा निशुल्क रुपले प्राचार्य कर्ण खाइरहेका थिए । विद्यार्थीहरुको छात्रवृति रकमवाट सो मेस सञ्चालन हुँदै आएको छ ।
विद्यार्थीहरुले शुरुमा मेसमा नखान प्राचार्यलाई आग्रह गरेका थिए तर उहाँले नमानेपछि विद्यार्थीहरुले खाना खान मेसमा पुगेको बेला त्यहाँबाट निकाली दिएका छन् । विद्यार्थीको लागि छात्रवृति रकमको पैसावाट मेस सञ्चालन हुँदा प्राचार्य खाइरहेकाले कर्मचारी, शिक्षकहरुले समेत आलोचना गर्दै आएका थिए तर उहाँले यसको प्रवाह बेगर केही वर्षदेखि त्यहाँ खाँदै थिए ।
विद्यार्थीको मेसमा किन खाना खाएको र मेसबाट निकालिएको कारण सम्बन्धमा प्राचार्य कर्णसँग पटक–पटक मोबाइलमा फोन गर्दा उहाँले उठाउनु भएन ।