Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

भारतको मणिपुर राज्यमा फेरि भड्कियो हिंसा, ५ जनाको मृत्यु





एजेन्सी ।
भारतीय राज्य मणिपुरमा पूर्वमुख्यमन्त्रीको घरमा आक्रमणको भोलिपल्ट शनिबार (सेप्टेम्बर ७) फेरि हिंसा भड्किएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार जिरिवाम जिल्लामा आज बिहान भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ ।
इम्फालमा रहेको मणिपुर राइफल्सको मुख्यालयमा भीडले आक्रमण गरेको छ । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार पहिलो घटना जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा जिरिवाममा भएको हो ।
संदिग्ध पहाडी लडाकुहरूले घरमा घुसेर सुतिरहेका एक वृद्धलाई गोली हानेर हत्या गरेका छन् । कुलेन्द्र सिंह नामका व्यक्ति मारिएका हुन् । उनी घरमा एक्लै बस्थे ।
वृद्धको हत्यापछि जिरिवाममा कुकी र मैतेई समुदायबीच गोली हानाहान भएको थियो । जसमा ४ जनाको मृत्यु भएको छ । बिहानैदेखि उक्त क्षेत्रमा लगातार गोली चलेको खबर छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।