Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर





एजेन्सी ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । तर, यो यानमा गएका बुच विल्मोर र सुनिता विलियम्स अझै अन्तरिक्षमै छन् र अर्को वर्षसम्म पृथ्वीमा फर्कनेछन् ।
दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेको बीबीसीले उल्लेख गरेको छ । परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि खाली अन्तरिक्ष यान स्वचालित रूपमा चलिरहेको थियो । अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो । अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ । स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न प्यारासुटको प्रयोग गरिएको थियो ।