Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सुनिता विलियम्सलाई अन्तरिक्षमै छाडेर पृथ्वीमा फर्कियो स्टारलाइनर





एजेन्सी ।
अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोकेको बोइङको अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको छ । तर, यो यानमा गएका बुच विल्मोर र सुनिता विलियम्स अझै अन्तरिक्षमै छन् र अर्को वर्षसम्म पृथ्वीमा फर्कनेछन् ।
दुवै अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रहेको बीबीसीले उल्लेख गरेको छ । परिक्रमा प्रयोगशालाबाट अनडक गरेपछि खाली अन्तरिक्ष यान स्वचालित रूपमा चलिरहेको थियो । अन्तरिक्षयानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीमा ल्याउन खतरनाक मानिएको थियो । अब दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्सको स्पेसक्राफ्ट क्रु ड्र्यागनमार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइनेछ । स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न प्यारासुटको प्रयोग गरिएको थियो ।