Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

जनकपुरधामको लागि उपलब्धि

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ हुने





जनकपुरधाम
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा एमबीबीएसको पढाइ हुने भएको छ । सो पढाइका लागि चिकित्सा शिक्षा आयोगले ५० वटा कोटा निर्धारण गरेको छ ।
सो कोटा निर्धारणका लागि आयोगको आजै बसेको बैठकमा निर्णय भएको जानकारी आयोगका कार्यकारी उपाध्यक्ष डा. अञ्जली झाले मोडेल खबरलाई दिएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले एमबीबीएसको पढाइ हुने निर्णयले जनकपुरधामको गोरव बढेको बताए । यसले एकातिर पढाइ हुनेछ भने अर्कोतर्फ अस्पतालको स्वास्थ्य सेवामा सुधार हुने उहाँको कथन रहेको छ ।
सरकारीतवरमा पहिलोपल्ट पढाइ हुनेछ । यसका लागि डा. साहले जनता, प्रदेशका सरकार र संघीय सरकार सबैलाई बधाइ दिनुभएको छ ।