Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जनकपुरधामको लागि उपलब्धि

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ हुने





जनकपुरधाम
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा एमबीबीएसको पढाइ हुने भएको छ । सो पढाइका लागि चिकित्सा शिक्षा आयोगले ५० वटा कोटा निर्धारण गरेको छ ।
सो कोटा निर्धारणका लागि आयोगको आजै बसेको बैठकमा निर्णय भएको जानकारी आयोगका कार्यकारी उपाध्यक्ष डा. अञ्जली झाले मोडेल खबरलाई दिएका छन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले एमबीबीएसको पढाइ हुने निर्णयले जनकपुरधामको गोरव बढेको बताए । यसले एकातिर पढाइ हुनेछ भने अर्कोतर्फ अस्पतालको स्वास्थ्य सेवामा सुधार हुने उहाँको कथन रहेको छ ।
सरकारीतवरमा पहिलोपल्ट पढाइ हुनेछ । यसका लागि डा. साहले जनता, प्रदेशका सरकार र संघीय सरकार सबैलाई बधाइ दिनुभएको छ ।