Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

लोसपाले वैशाख २६ गते अधिवेशन गर्ने





काठमाडौँ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले २०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।
महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो । पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ । सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ ।
महाधिवेशनअघि पार्टीका सम्पूर्ण तहको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि निर्णय भएको लोसपाका महासचिव डा.सुरेन्द्र झाले बताए । कात्तिक मसान्तसम्म सदस्यता वितरणको काम सकाएर चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिको साधारण सभा गरिसक्नुपर्ने बैठकले निर्णय गरेको उनले बताए । त्यसका साथै पार्टीका अन्य घटक, विभाग, भातृ संगठन, समिति लगायतलाई पूर्णता दिइने निर्णय भएको उनले बताए ।
लोसपाले संविधान संशोधनको लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाहरूको संकलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको अपिल गरेको छ । यस्तै लोसपाले संविधान संशोधनबारे अध्ययन गर्न वरिष्ठ उपाध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाउने पनि निर्णय गरेको छ । सो कार्यदलमा दान बहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने लोसपाले जनाएको छ ।