Breaking 
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीद्वारा पाँच पक्राउ, आजै सार्वजनिक पनि गरियो | दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति | उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन |

जलेश्वर बजारमा नगरपालिकाको मनमौजी कर

ठेक्केदार नरहेको मौका छोपेर नगररपालिकाकै कर्मचारी गर्छन् मनमौजी





जनकपुरधाम ।
महोत्तरीको जलेश्वर नगरपालिकामा रहेको बजार खसी बोका खरिद गर्नका लागि त्यस भेगका स्थानीयका लागि सहज बजार हो । दशैँ नजिकिदै गर्दा जलेश्वर बजारमा खसी बोका खरिद बिक्री गर्नेहरुको भीड़ बढिरहेको छ । तर सो बजारको ठेक्का नलाग्दा खसी बोका खरिद गर्न पुग्ने ग्राहक ठगिदै आईरहेका छन् ।
जलेश्वर बजारको ठेक्का नलागेको मौका छोपेर नगरपालिकाका कर्मचारी मनमौजी कर उठाउँदै आईरहेको आरोप लगाइएको छ । सामाजिक सञ्जालमा जलेश्वर नगरपालिकाका फायरमैन दिलीप झा र नगरप्रहरी राघवेन्द्र सिंहको मिलोमतोमा त्यो बजारबाट उठ्ने करमा व्यापक अनिमतिता गरिरहेको आरोप सहितको पोस्ट भाइरल भईरहेका छन् ।
जलेश्वर नगरपालिकाले लगाउँदै आएको जलेश्वर बजारको ठेक्का २÷३ महिना पहिले नै समाप्त भएको थियो । ठेक्का समाप्त भएपछि जलेश्वर नगरपालिकाले ४१ लाख रुपैयाँमा ठेक्का आह्वान गर्यो । तर ठेक्काका लागि आह्वान गरिएको टेण्डर कसैले भर्नैै आएन । दुई पटक पनि कोही टेण्डर भर्न नआएपछि अहिले आएर घटाएर २५ लाख रुपैयाँमा टेण्डर आह्वान गरेको जलेश्वर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले जानकारी दिए ।
जलेश्वर बजारमा खरिद बिक्री हुने खसी बोकावापत खरिदकर्ता तथा बिक्रीकर्ता दूबैको तर्फबाट १÷१ प्रतिशत कर उठाउने प्रावधान रहेको छ । यही करमा ती कर्मचारीहरुले ठेक्केदार नरहेको मौका छोपेर अनियमितता गरिरहेको आरोप लगाइएको छ ।
तर यो आरोपको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत साह खण्डन गर्छन् । यस विषयमा हामी समक्ष समेत गुनासो आएको थियो, उनले भने भने‘राजश्व शाखा प्रमुख राहुल श्रीवास्तवको संयोेजकत्वमा अनुगमन टोली खटायौँ, तर त्यो अनुगमनबाट हामीले कुनै किसिमको गरबरी पाएनौँ ।’