Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

के रामकुमारी झाँक्री एमालेमा फर्किदै छिन् ?

एकिकृत ससमाजवादी फुट्ने सम्भावना !





काठमाडौँ ।
काठमाडौँका नगरप्रमुख बालेन शाहका समर्थकले प्रधानमन्त्री ओलीबिरुद्ध अनफलो अभियान चलाए । फलस्वरुप ७७ हजारबढीले अनफलो पनि गरे । सोही बिचमा प्रधानमन्त्री ओलीको बचावमा उतरिए नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकले ओलीको फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका बेला झाँक्रीले लेखिन्, ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’
विगत ३ वर्षयता एमाले अध्यक्ष ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक समर्थनमा उत्रिँदा एकीकृत समाजवादीकै नेताहरू छक्क परे । झाँक्रीमा आएको यस्तो बदलावबारे अनेकन् अनुमान गरिए ।
भदौ दोस्रो साता एकीकृत समाजवादीमा पदाधिकारी छान्न भएको चुनावमा उनी पराजित भइन् । त्यसपछि नेतृत्वप्रति असन्तुष्ट उनी एमालेमै फर्किन खोजेको चर्चालाई पुष्टि गरेको छ ।
त्यसका लागि तयारी भइरहेको र एमालेबाट ‘ग्रिन सिग्नल’ पाएरै झाँक्री ओलीको पक्षमा खुलेर बोलेको स्रोतहरूको भनाइ छ । उनले एकीकृत समाजवादीका केही नेतासँग यसबारे कुरा गरिरहेकी छन् ।
२०७७ पुस ५ र २०७८ वैशाख ८ मा दुईपटक संसद् विघटन गरेपछि ओलीप्रति निकै आक्रामक माधवकुमार नेपालसहितका नेताहरूले एमालेबाट विद्रोह गर्दै एकीकृत समाजवादी बनाएका थिए । एकीकृत समाजवादी गठनमा झाँक्रीले महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यसयता उनी ओलीको कटु आलोचकका रूपमा देखिन्थिन् ।
एकीकृत समाजवादीको भदौ ९–११ मा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले १८ सदस्यीय पदाधिकारी चयन गरेको थियो । महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी झाँक्री जयन्तीदेवी राईसँग फराकिलो मतान्तरले पराजित भइन् । यद्यपि, भदौ १४ गते भएको पोलिटब्युरोको चुनावमा दोस्रो बढी मत ल्याएर उनी विजयी भइन् ।
तर, झाँक्रीको असन्तुष्टि घटेन । उनै झाँक्री भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथ लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगिन् । ओलीले प्रष्टसँग भनिदिए, ‘आउन सक्नेलाई लिने ।’ अर्थात्, समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई लिन ओली तयार रहेको सन्देश दिए ।
‘पाँच सांसदहरू नै आउने कुरा छ, तर, यसका कानुनी विषयमा दुवै पक्षले मसिनो ढंगले छलफल गर्नुपर्ने भएकोले टुंगो लागिसकेको छैन,’ बालुवाटार स्रोतले भन्यो । एकीकृत समाजवादीभित्र पदाधिकारी छान्न निर्वाचन गर्दा चिर्कटो वितरण गरेर हराइएकोमा झाँक्री लगायतका केही नेता असन्तुष्ट छन् । बाग्लुङका केही नेता एमाले फर्किसकेका छन् । अन्य जिल्लामा पनि नेताहरू असन्तुष्ट भइरहेका बेला झाँक्रीले ओलीसँग भेट गरेकी थिइन् ।
राजनीतिक दलसम्बन्धी ऐन अनुसार एकपटक विभाजन भएको पार्टी पाँच वर्षसम्म फुट्न मिल्दैन । एमालेबाट २०७८ भदौ ९ गते विभाजन भएको एकीकृत समाजवादी अझै ०८३ भदौसम्म विभाजन गर्न नमिल्नुपर्ने हो । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय दल नभए पनि एकीकृत समाजवादीका १० जना सांसदलाई मनलाग्दी गर्ने छुट हुँदैन । दलको ह्विप लाग्छ ।
सांसदहरू एमालेमा जाँदा दलले कारबाही गरे स्वतः पद जान्छ । त्यही भएर सांसदहरू पनि एमालेमा मिसिने सम्भावना न्यून छ । तर, निर्वाचन आयोग र सभामुखले यसबारे सहजीकरण गरिदिनसक्ने आश्वासन उनीहरूले पाएका छन् । एकीकृत समाजवादीको खुल्ला उपाध्यक्ष उठेर पराजित भएका केशवलाल श्रेष्ठले त्यसको संकेत गरे ।
‘निर्वाचन परिणाम आएपछि साथीहरू विद्रोह गर्ने, संयुक्त राजीनामा दिने मात्र होइन, पार्टी नै फुटको डिलमा पुगेको सार्वजनिक भएको छ,’ श्रेष्ठले भने, ‘नेतृत्वको तहबाट चिर्कटो बाँडेर लक्ष्मण रेखा कोरियो, त्यसमा केही साथीहरू छुट्नुभयो । फुट्न चाहनेलाई कुनै ऐन कानुनले रोक्छ त ? मान्छेको इच्छा भइसकेपछि बस्दैनन् । अनि त्यो कानुनले मिल्दैन भनेर हुन्छ ? के रोक्छ र रोक्दैन ! विचार नमिल्ने, अपमानबोध र भेदभाव भयो अन्याय भयो भन्ने जसले महसुस गर्छ, बस्दिनँ भन्छ, उसको अधिकार हो ।’