

काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध औपचारिक रुपमै फुकुवा गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको हो ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएको जानकारी दिए । उनले भने, ‘अस्ति र हिजो (बुधबार र बिहीबार) टिकटकका प्रतिनिधिहरुसँग छलफल भएको थियो । त्यसमा उनीहरु नेपाल सरकारका सबै शर्त मान्न तयार भएपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक पूर्ण रुपमा खोल्न मन्त्रालयले पत्र पठाएको हो ।’
