Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

जउवा संघको अध्यक्ष पदमा ३ उम्मेदवारबिच प्रतिस्पर्धा

तीनै उम्मेदवारले एक अर्कालाई टक्कर दिने सम्भावना





जनकपुरधाम ।
जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ निर्वाचन हुन एक साता मात्रै बाँकी छ । अध्यक्ष पदका लागि ३ उम्मेदवार चुनावी मैदानमा छन् । नेतृत्व पाउनका लागि उम्मेदवारहरुको दौडधुप जारी छ । व्यापारीहरुलाई रिझाउन उम्मेदवारहरु व्यापारिक प्रतिष्ठानमा पुगिरहेका छन् । व्यापारी तथा जनकपुरधामको उद्योग व्यवसायको हितका लागि आफूले तयार पारेका एजेण्डा व्यापारीहरुलाई बुझाउन उम्मेदवारहरु समय खर्चिरहेका रहेका छन् ।
भदौ २९ गते हुने जउवा संघको निर्वाचनमा अध्यक्ष पदका लागि जितेन्द्रप्रसाद साह, होटल व्यवसायी सुरेन्द्र भण्डारी र सुनचाँदी व्यवसायी मनिषरमण साहले प्रतिष्पर्धामा छन् । अध्यक्ष पदका लागि उम्मेदवारी दिएका मध्ये जितेन्द्रप्रसाद साह बरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् भने भण्डारी निवर्तमान उपाध्यक्ष हुन् । मनिषरमण साह वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
यी तीनवटै उम्मेदवार नेतृत्वमा पुग्न मतदाता रिझाउन अहिले पसल पसल र व्यवसाय प्रतिष्ठानमा मत माग्न पुगिरहेका छन् । तिनै उम्मेदवार एकअर्काभन्दा कम छैनन् । सबैको आ–आफ्नै मतदाता छन् ।
तीनै उम्मेदवारहरुमध्ये जितेन्द्र अनुभवी उम्मेदवार हुन् । पछिल्लो निर्वाचनमा उनी अध्यक्ष पदमा पराजित भएका थिए । कांग्रेसले जितेन्द्रलाई सहयोग गरे उनी मजबुत उम्मेदवार हुनेछन् । यद्यपि कांग्रेसले उनलाई साथ नदिए उनी कमजोर पनि पर्न सक्छन् । तर उहाँसंग अनुभव रहेकाले जनकपुरधामका व्यापारीहरु जितेन्द्रसंग आफूलाई नजिक ठान्छन् । यो उनकालागि प्लस प्वाइन्ट हो ।
अध्यक्ष पदका उम्मेदवार जितेन्द्रले भने ‘यो निर्वाचन बिशुद्ध व्यापारीको निर्वाचन हो, व्यापारीहरुले आफ्नो नेतृत्व स्वतन्त्रतापूर्वक चुनेर ल्याउनु पर्छ , नकि हाम्रो निर्वाचनको परिणाम राजनीतिक नेतृत्वले चयन गरोस ।’ जनकपुरधामका व्यापारी व्यवसायी सजग छन्, यस पटकको निर्वाचनमा राजनीतिक दलका नेताहरुको शक्तिले काम गर्ने छैन, व्यापारीहरु आफ्नो निर्णय गर्न सक्षम रहेको उनले भने ।
यता भण्डारी सर्वाधकि मत पाएर उपाध्यक्ष पदसम्म पुगेको अनुभव पनि भण्डारी संग छ । यसका साथै पछिल्लो निर्वाचनमा उनी बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लडेका थिए यद्यपि उनी पराजित भएका थिए । भण्डारीप्रति गैरवैश्य मतदाताको मनमा सफ्ट कर्नर रहेको कतिपयकोे तर्क छ ।
उनी भन्छन, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही काम गर्न सकेनौ अब गर्न नसकेका धेरै कामहरू गर्न अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’
अर्का उम्मेदवार मनिषरमण साहले आफू अध्यक्ष भए झोलामा संघको सदस्यता बोकेर हिँड्ने तर कहिल्यै पेशा व्यवसाय सञ्चालन नगर्ने तथा सरकारी निकायमा तिर्नुपर्ने दायित्व नतिरेका व्यवसायीको सदस्यता छानबिन गरी हटाउने बताएका छन् । यसो गर्दामात्रै संघलाई व्यवसायीहरूको विशुद्ध संगठन बनाउन एजेण्डा लिएर मतदाता कहाँ पुगिरहेका छन् ।