Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पिएकालागि सांसदहरुले मागे दशैँ भत्ता





काठमाडौँ ।
प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूले सांसदहरूका स्वकीय सचिव (पिए) लाई दशैं र महङ्गी भत्ता दिन आग्रह गरेका छन् ।
उनीहरुले बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । भेटमा सहभागी नेताहरूले सांसदहरूका लागि नभए पनि पीए र ड्राइभरका लागि दशैं भत्ता दिनुपर्ने बताएका हुन् ।
महासचिव पाण्डेले ‘औपचारिक रुपमा माग भएर आए आफूले अर्थ मन्त्रालय पठाइदिने’ जवाफ दिए । संघीय संसद सचिवालयसँग बजेट नरहेको उल्लेख गर्दै उनले यो विषयमा अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नुपर्ने र आवश्यक निर्णय मन्त्रिपरिषदले गर्नुपर्ने सुझाएको संसदका एक अधिकारीले जानकारी दिए ।
संसद सचिवालयका अनुसार सांसदका पीए र ड्राइभरका लागि दशैं भत्ता र महङ्गी भत्ता दिने कानुनी व्यवस्था छैन । २०७७ सालसम्म सांसदहरूले दशैं भत्ता पाउने गरेका थिए ।