Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

पिएकालागि सांसदहरुले मागे दशैँ भत्ता





काठमाडौँ ।
प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूले सांसदहरूका स्वकीय सचिव (पिए) लाई दशैं र महङ्गी भत्ता दिन आग्रह गरेका छन् ।
उनीहरुले बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । भेटमा सहभागी नेताहरूले सांसदहरूका लागि नभए पनि पीए र ड्राइभरका लागि दशैं भत्ता दिनुपर्ने बताएका हुन् ।
महासचिव पाण्डेले ‘औपचारिक रुपमा माग भएर आए आफूले अर्थ मन्त्रालय पठाइदिने’ जवाफ दिए । संघीय संसद सचिवालयसँग बजेट नरहेको उल्लेख गर्दै उनले यो विषयमा अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नुपर्ने र आवश्यक निर्णय मन्त्रिपरिषदले गर्नुपर्ने सुझाएको संसदका एक अधिकारीले जानकारी दिए ।
संसद सचिवालयका अनुसार सांसदका पीए र ड्राइभरका लागि दशैं भत्ता र महङ्गी भत्ता दिने कानुनी व्यवस्था छैन । २०७७ सालसम्म सांसदहरूले दशैं भत्ता पाउने गरेका थिए ।