Breaking 
बृहत्तरका अध्यक्ष शितल साह पक्राउ, कर्मचारीलाई किर्ते हस्ताक्षर गरी बर्खास्त गरेको आरोप | कांग्रेस सभापति देउवाले भने– अरुले भनेर अवकाश बारे निर्णय लिने होइन | रेलमा ठोक्किएर एक जनाको मृत्यु | १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान | सर्वोच्चमा ३ न्यायाधीश नियुक्त | धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारी, अधिकृत रामलोचन मंडलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा | निधि भर्सेज महासेठ दम्पत्ति | विपक्षी दलले आजपनि गरे मधेस प्रदेशसभाको बैठक अवरुद्ध | पूर्वराजा ज्ञानेन्द्रले भने– अहिले नेपाल र नेपालीकालागि प्रार्थना गर्ने समय हो | अमेरिकाक सभसँ बडका हतियार ‘डलर’केँ वैश्विक मुद्रा बनएकेँ इतिहास |

संयुक्त मधेस संघर्ष समितिले गठबन्धन सरकारबिरुद्ध खबरदारीसभा गर्ने





जनकपुरधाम ।
संयुक्त मधेस सङ्घर्ष समितिले भदौ ३१ गते गठबन्धन सरकारबिरुद्ध खबरदारीसभा आयोजना गर्ने भएको छ । जनकपुरधाममा सम्पन्न समितिको बैठकले भदौ ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजना गर्ने निर्णय भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले बताए ।
तमलोपाका प्रचार विभाग प्रमुख उमेशकुमार मण्डलका अनुसार संयुक्त मधेस सङ्घर्ष समितिले संविधान संशोधनको विषयमा अहिले भइरहेको चर्चाको विषयमा खबरदारी सभा आयोजना गर्न लागिएको हो । कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान संशोधन गर्ने भनिरहेको छ । त्यो संविधान संशोधनले साना दल तथा सीमान्तकृत समुदायलाई हित नगर्ने बताउँदै संयुक्त मधेस सङ्घर्ष समितिले सुरुमै खबरदारी गर्न लागेको उनले बताए ।
संविधान संशोधन सीमान्तकृत समुदायको हितमा हुनुपर्ने र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि खबरदारी सभा गर्न लागिएको अध्यक्ष लालले बताए । प्रदेशहरूलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरूको सीमाङ्कनमा पहिचान आधारित सुधार, अनुचित थ्रेसहोल्डको समाप्ति, प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रियसभाको भूमिकामा अझ मजबूती, सङ्घीय संरचनामा प्रादेशिक स्वशासनको सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरूको मान्यता, भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मागलाई समितिले अघि सारेको छ ।