Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संयुक्त मधेस संघर्ष समितिले गठबन्धन सरकारबिरुद्ध खबरदारीसभा गर्ने





जनकपुरधाम ।
संयुक्त मधेस सङ्घर्ष समितिले भदौ ३१ गते गठबन्धन सरकारबिरुद्ध खबरदारीसभा आयोजना गर्ने भएको छ । जनकपुरधाममा सम्पन्न समितिको बैठकले भदौ ३१ गते जनकपुरधाममा खबरदारी सभा आयोजना गर्ने निर्णय भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले बताए ।
तमलोपाका प्रचार विभाग प्रमुख उमेशकुमार मण्डलका अनुसार संयुक्त मधेस सङ्घर्ष समितिले संविधान संशोधनको विषयमा अहिले भइरहेको चर्चाको विषयमा खबरदारी सभा आयोजना गर्न लागिएको हो । कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान संशोधन गर्ने भनिरहेको छ । त्यो संविधान संशोधनले साना दल तथा सीमान्तकृत समुदायलाई हित नगर्ने बताउँदै संयुक्त मधेस सङ्घर्ष समितिले सुरुमै खबरदारी गर्न लागेको उनले बताए ।
संविधान संशोधन सीमान्तकृत समुदायको हितमा हुनुपर्ने र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि खबरदारी सभा गर्न लागिएको अध्यक्ष लालले बताए । प्रदेशहरूलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरूको सीमाङ्कनमा पहिचान आधारित सुधार, अनुचित थ्रेसहोल्डको समाप्ति, प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रियसभाको भूमिकामा अझ मजबूती, सङ्घीय संरचनामा प्रादेशिक स्वशासनको सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरूको मान्यता, भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मागलाई समितिले अघि सारेको छ ।